Like us!
Follow us!
Connect us!
Watch us!

बाँझो राखे जग्गा अर्कैलाई

बुधबार, ०९ साउन २०७५, ०८ : ०८ मा प्रकाशित

बाँझो राखे जग्गा अर्कैलाई

अर्थ संसार, बुटवल – रुपन्देहीको सैनामैनमामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन ।  नत प्लटिङका नाममा जग्गा खालि छाड्ने छुट हुनेछ।

प्लटिङ गरेर स–साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु पर्नेछ। नत्र सैनामैना नगरपालिकाले जग्गाावालाबाट जरिवाना असुल्ने छ।

जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैले भाडामा लगाउने  छ । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

खेतियोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए।

‘अब कुनै बहानामा खेतियोग्य जमिन प्लटिङ गर्न पाइने छैन’ उनले भने ‘यसअघि भएका प्लटिङ पनि खाली राख्न दिइनेछैनौं।ु

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको