Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी समायोजन साउन १५ गतेदेखि

आइतबार, ०६ साउन २०७५, ०७ : ४३ मा प्रकाशित

कर्मचारी समायोजन साउन १५ गतेदेखि

अर्थ संसार, काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन तेस्रो सातादेखि कर्मचारी समायोजन सुरु गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले साउन १५ मा सूचना प्रकाशनको तयारी गरेको जानकारी प्रवक्ता सहसचिव सुरेश अधिकारीले दिए ।

संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको संख्या यकिन भएपछि मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाउन लागेको हो । कर्मचारी समायोजन ऐन २०७४ अनुसार ज्येष्ठता, पायक पर्ने जिल्ला र रुचिका आधारमा समायोजन गरिनेछ ।

‘समायोजनमा संघ, प्रदेश र स्थानीय तह कहाँ जान चाहेको हो, त्यसबारे अनलाइनबाटै फाराम भर्न सक्नेछन्,’ अधिकारीले कान्तिपुरसँग भने, ‘साउन तेस्रो साता औपचारिक प्रक्रिया सुरु हुन्छ ।’ संघ र प्रदेशमा रहने मन्त्रालय र विभागरनिकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर टुंग्याइएको छ ।

भर्खरै मन्त्रिपरिषद्बाट स्वीकृत ओएन्डएमअनुसार संघमा ४५ हजार ८ सय १५ र ७ वटा प्रदेशमा १६ हजार ५ सय ७० कर्मचारी रहनेछन् । संघमा रहने विभाग र निकायको संख्या अनुमान गरिएभन्दा निकै बढेपछि अघिल्लो पटक गरिएको आकलनभन्दा संघमा कर्मचारी संख्या १५ हजार बढेको हो ।

स्थानीय तहमा ५७ हजार ७ सय ६६ कर्मचारी आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय तहमा रहने अस्थायी दरबन्दी स्वीकृत भएकाले समायोजन प्रक्रिया अघि बढाउन सकिने अधिकारीले बताए । स्थानीय तहमा १० हजार कर्मचारी अपुग देखिन्छन् । ७ सय ५३ मध्ये ७३ स्थानीय तह प्रमुखविहीन छन् । उपसचिवको दरबन्दी रहेका ती निकायमा अधिकृतले काम चलाइरहेका छन् । कान्तिपुरबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको