Like us!
Follow us!
Connect us!
Watch us!

सातामा १ अर्ब ४५ करोडको कारोबार, रकम र सेयर कित्ता विक्रीमा प्राइम लाइफ अग्रस्थानमा

शुक्रबार, ०४ साउन २०७५, १७ : ३९ मा प्रकाशित

सातामा १ अर्ब ४५ करोडको कारोबार, रकम र सेयर कित्ता विक्रीमा प्राइम लाइफ अग्रस्थानमा

अर्थ संसार, काठमाडौं– सेयर बजारमा यो साता १ अर्ब ४५  करोड ५१ लाख ५७ हजार रुपैयाँको  सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को  अनुसार यो साता ४७ लाख ५४ हजार ५ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । यो साता जम्मा  १ सय ८६ कम्पनीहरुको कारोबार भएको छ ।

अघिल्लो साता १ सय ९१ कम्पनीको ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयर खरिद बिक्री  हुँदा २ अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन, कारोबार रकम अघिल्लो साताको भन्दा ३१.३२ प्रतिशत कम हो ।

यो साता नेप्सेमा ४ कम्पनीको ६२ लाखबढी कित्ता सेयर सूचिकृत 

कारोबार रकमसँगै यस सातामा नेप्से परिसूचकमा समेत गिरावट आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७० अंकले घटेको छ । साताभरमा ६.७० अंकले गिरावट आउदा नेप्से परिसूचक अन्तिम दिन १ हजार १ सय ९३ दशमलव ३९ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका हिसाबले प्राइम लाइफ इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ ।  नेप्सेको अनुसार साताभरमा प्राइमको ३५ करोड ८० लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर कित्ताका आधारमा पनि प्राइम लाइफ इन्स्योरेन्स नै अग्रस्थानमा देखिएको छ । प्राइमको संस्थापक सेयर १२ लाख ५२ हजार कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार संख्याका आधारमा भने यस साता नविल बैंक अग्रस्थानमा रहेको छ । नविलको यस साता ९६८ वटा सेयर कारोबार भएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको