Like us!
Follow us!
Connect us!
Watch us!

तयार हुनुहोस् ! युनियन हाइड्रोपावरको ७ लाख ५० हजार कित्ता IPO साउन १४ गतेदेखि खुल्दै

शुक्रबार, ०४ साउन २०७५, १६ : ५३ मा प्रकाशित

तयार हुनुहोस् ! युनियन हाइड्रोपावरको ७ लाख ५० हजार कित्ता  IPO साउन १४ गतेदेखि  खुल्दै

अर्थ संसार, काठमाडौं– युनियन हाइड्रोपावर कम्पनीले आयोजन प्रभावित स्थानीयवासीको लागि साउन १४ गतेदेखि साधारण सेयर (आइपिओ निश्कासन गर्ने भएको छ ।

युनियनले स्थानीयवासीको लागि ७  लाख ५० कित्ता आइपीओ बेच्ने  भएको हो । युनियनको साधारण सेयरमा लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका वडा नम्बर ८, ९ र १०, बेसिसहर नगरपालिका–५, सुन्दर बजार नगरपालिका–११ र कास्की जिल्लाको रुपा गाउँपालिका–१ का स्थानीय र  लमजुङ जिल्लामा स्थायी बसोबास गर्ने बासिन्दाले पनि यो आइपीओमा आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले  न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन पाइने सेयर विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।
 
आइपीओमा आवेदन दिने अन्तिम म्याद साउन २८ गते तोकिएको छ । यो अवधिमा सबै सेयर नबिकेमा भदौ १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

कहाँबाट आवेदन दिने ?

यस हाइड्रोपावर कम्पनीले निश्कासन गरेको साधारण सेयर (आइपिओ)मा लगानी गर्न इच्छुक लगानीकर्ताले  नजिकको बैंकबाट सि– आस्वामार्फत आवेदन सक्नुहुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको