Like us!
Follow us!
Connect us!
Watch us!

बाढीले नहर बगाएपछि लघु जलविद्युत् बन्द, २०० घरधुरी अध्याँरोमा

शुक्रबार, ०४ साउन २०७५, १० : ४५ मा प्रकाशित

बाढीले नहर बगाएपछि लघु जलविद्युत् बन्द, २०० घरधुरी अध्याँरोमा

अर्थ संसार, जाजरकोट– रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत् आयोजना बन्द भएको छ ।

अविरल वर्षासँगै आएको बाढीले विद्युत् नहर बगाएपछि विद्युत् उत्पादन सेवा अनिश्चित समयका लागि बन्द भएको हो । ८० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् करीब एक हजार २०० घरधुरीले प्रयोग गर्दै आइरहेका थिए ।

विद्युत् आपूर्ति सेवा बन्द भएसँगै वडा नं ७ को नार्जी, खत्रीगाउँ, कुमाइगाउँ, काप्रा, वडा नं ८ को सोतिखोला, बसिगाउँ, सोती गेष्मा र वडा नम्बर ९ को कोटगाउँ र गुर्तालगाउँका उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

आर्थिक अभावले खहरे खोलाले बगाएको विद्युत् कुलो पुनःनिर्माण गर्न नसकिएको समितिका अध्यक्ष एवं वडा नम्बर ७ का अध्यक्ष इन्द्रलाल शर्माले बताउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको