Like us!
Follow us!
Connect us!
Watch us!

कार्यप्रगतिका नाममा पुनर्निर्माण प्राधिकरणले बाँड्यो करोडौंको विज्ञापन, भूकम्पपीडित भने अझै पालमुनि

बुधबार, १३ पुस २०७३, १६ : १८ मा प्रकाशित

कार्यप्रगतिका नाममा पुनर्निर्माण प्राधिकरणले बाँड्यो करोडौंको विज्ञापन, भूकम्पपीडित भने अझै पालमुनि

अर्थसंसार
काठमाडौँ–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको घर पूननिर्माणमा सघाउनुको साटो लाखौं रुपैयाँ पत्रिकामा विज्ञापन दिएर सकाएको छ । प्राधिकरणले प्रमुख राष्ट्रिय दैनिक पत्रिकाको महंगो विज्ञापन शुल्क तिर्नु पर्ने तेस्रो पेजमा आठ कोलम ४० सेन्टिमिटरको विज्ञापन छपाएको छ । यसरी कान्तिपुरमा मात्र छपाएको विज्ञापनले भूकम्पपीडितको ३ वटा घर बनाउन पुग्छ । कान्तिपुरमा यति विज्ञापन छपाउन ८ लाख रुपैयाँ तिर्नु पर्छ ।  

प्राधिकरणले यस्तो विज्ञापन नागरिक, अन्नपूर्ण, नयाँ पत्रिका, नेपाल समाचारपत्र, कारोबार, आर्थिक अभियान, कमाण्डर पोष्टलगायतका दैनिक पत्रिका, टेलिभिजन, रेडियो लगायतमा एकै दिन दिएको थियो ।  यसरी गरिएको विज्ञपनको खर्च करोडौं हुने जानकारहरु बताउँछन् ।

पुननिर्माण प्रातिकरणले सबै पीडितलाई घर बनाउन पहिलो किस्ता रकमसमेत उपलब्ध गराउन नसेको भन्दै आलोचना भइरहेका बेला के के न गरेजस्तो गरेर विज्ञापन दिएको छ । यस्तो विज्ञापनमा प्राधिकरणका पदाधिकारीले करोडौं रुपैयाँ सकेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् ।

पुननिर्माण र पुर्नस्र्थापनासम्बन्धी मुख्य कार्य प्रगति भन्दै विभिन्न पत्रपत्रिका, अनलाईन, रेडियो, टेलिभिजनमा दिइएको विज्ञापनले प्राधिकरणलाई के उपलब्धि भयो ? त्यहाँका कर्मचारीले नाम उल्लेख गर्न अस्वीकार गर्दै भने, ‘यहाँका हाकिमहरुलाई कमिसन आउने उपलब्धि भयो होला । अरु त के उपलब्धि हुन्छ र ?

२०७३ साल वैशाख १२ गते गएको भूकम्पबाट नेपालमा ८ हजार ८ सय ९३ जनाको मृत्यु भएको थियो । अरु २२ हजार ३ सय ३ जना घाइते भएका थिए । पूर्ण र आंशिक गरी ८ लाखभन्दा धेरै निजी घर भत्किए । सरकारी भवन विद्यालय, पुरातात्विक महत्वका सम्पदाहरु पनि धेरै क्षति भए । क्षतिको पुनिर्माण तथा पुर्नस्थापनाका लागि करिब ९ खर्ब रुपैया लाग्ने अनुमान गरिएको छ ।

विज्ञापनमा खर्च गर्ने रकम भूकम्प पीडितलाई दिएको भने उनीहरुले पुसको चिसोमा पालमुनि रात विताउनु पर्ने थिएन । कति ठाउँमा बालबालिका टहरामा बसेर पढिरहेका छन् । त्यो रकम बिद्यालयको भवन बनाउन प्रयोग गरे बाबलबालिकाको भविष्य उज्यालो हुने थियो ।

586395af80fcb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको