Like us!
Follow us!
Connect us!
Watch us!

जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रहरीले लाठी चार्ज, डा गोविन्द केसी काठमाडौं आउन सहमत

विहीबार, ०३ साउन २०७५, १२ : ५० मा प्रकाशित

जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रहरीले लाठी चार्ज,  डा गोविन्द केसी काठमाडौं आउन सहमत

काठमाडौं । जुम्लामा आमरण अनसनरत डा गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।

जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रहरीले लाठी चार्ज गर्दा करिब २ दर्जन सर्मथक विद्यार्थी घाइते भएका छन्।

घाइते २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । तनावका कारण घाइतेको उपचारसमेत हुन सकेको छैन।

शिक्षा मन्त्रालयका सचिब खगराज बराल नेतृत्वमा केसीलाई लिन टोली जुम्ला पुगेका थियो । डा केसीले काठमाडौ आउन नमानेपछि सरकारले बल प्रयोग गर्दा झडप भएको हो। 

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । 

5b50395ca8490.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको