Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी बैंकको सद्भावना दूतमा पारस र प्रतिभा

विहीबार, ०३ साउन २०७५, ११ : ०८ मा प्रकाशित

सेन्चुरी बैंकको सद्भावना दूतमा पारस र प्रतिभा

अर्थ संसार, काठमाडौँ– सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ ।

बैंकद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा दुई खेलाडीलाई सद्भावना दूत घोषणा गरिएको हो । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले कप्तान खड्कालाई ब्याट र मालीलाई बल हस्तान्तरण गर्नुभयो ।

नेपालकै कान्छो वाणिज्य बैंक सेन्चुरीले नेपालका दुई ‘सुपरस्टार’लाई संस्थासँग आबद्ध गराउन पाउँदा संस्थाको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास प्रकट गरेको छ । एक दिवशीय मान्यता पाएपछि पहिलो खेल खेल्न बिहीबार इंग्ल्याण्ड जान लाग्नुभएका कप्तान खड्काले खेलकूद क्षेत्रको विकासमा व्यावसायिक प्रतिष्ठानको समर्थन ठूलो महत्वको हुने बताउनुभयो ।

नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएकी मालीले बैंकको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिनुभयो । बैंकले दुवै खेलाडीलाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको