Like us!
Follow us!
Connect us!
Watch us!

बहुमूल्य मूर्तिसहित दुई समातिए

विहीबार, ०३ साउन २०७५, ११ : ०६ मा प्रकाशित

बहुमूल्य मूर्तिसहित दुई समातिए

अर्थ संसार, काठमाडौँ– महानगरीय अपराध महाशाखाले करीब १०० वर्ष पुरानो बहुमूल्य मूर्तिसहित दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले प्राचीन पुरातात्विक महत्वको मूर्ति बिक्री गर्न हिँड्दै गरेका पाल्पाका २७ वर्षीय दोलखबहादुर सोमई र काभ्रेपलाञ्चोकका ३७ वर्षीय दीपक मैनालीलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले मैनालीको कोठामा रहेको मूर्ति सोमईलाई बेच्न दिएकाले दुवै जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

ढलौटको मूर्ति आठ किलोग्राम १७० तौल र ३४ सेन्टिमिटर लम्बाइ रहेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको