अर्थ संसार, लेगोस, नाइजेरिया–अमेरिका लैजाने प्रलोभनमा परी बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखिएका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन।
उहाँहरुका अनुसार उनिहरु सङ्ग नेपालका जेशन श्रीस ९ बाग्लुङ्ग रपोखरा ० लगायतले जनही ३५ लाख रुपैयाँ नेपालमै लिएको र पछि बिच बिचमा खाना र अरु खर्च गरि ५० लाख खर्च भएको पिडितहरुले बताएका छन ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाको प्रयास र सहयोगमा उनिहरु आज काठमाडौ फर्केका हुन । उनिहरुको पासपोर्ट समेत तिनीहरुको साथमा थियो । इजिप्ट स्थित नेपाल दुतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र ति मध्ये १२ जना लाई अमेरिका लान ब्राजिल उडाइएको, १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनिहरु सम्पर्कमा आएका छैनन् ।
गत महिना समेत थापाको संयोजनमा टोगो बाट यहि समुहका ५ जनालाई उद्दार गरि नेपाल फर्काइएको थियो । थापाले उनिहरुको फिर्ताका लागि सहयोग गर्ने इजिप्ट स्थित नेपाली दुतावस, एनआरएनए नाइजेरिया परिवार, आइसिसि सदस्य चिरञ्जीवी रोका, एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यबाद ब्यक्त गरेका छन ।
बिबिन्द्र र जगन समेत गत मे महिनामा मात्र एनसिसि नाइजेरियाको सम्पर्कमा आई घर फिर्ता जान अनुरोध गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस