Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको उर्जा क्षेत्रमा लगानी गर्न विश्व बैंकलाई आग्रह

बुधबार, ०२ साउन २०७५, १७ : ५३ मा प्रकाशित

नेपालको उर्जा क्षेत्रमा लगानी गर्न विश्व बैंकलाई आग्रह

अर्थ संसार, काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा उर्जा क्षेत्रमा लगानी र सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले उर्जा क्षेत्रमा विश्व वैङकले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गर्नुभएको थियो ।

भेटमा उर्जामन्त्री पुनले नयांमन्त्रीका रुपमा आफुले कार्यभार सम्हालेसंगै उर्जा क्षेत्रको समग्र विकासका निम्ती श्वेतपत्र जारी गरेको जानकारी दिदैं ३५ सय मेगावाट विद्युत नेपाल आफैले बनाउने गरी योजना अघि बढाएको जानकारी दिनुभयो । उहाले त्यसका लागी १६ वटा आयोजनाको छनौट समेत भइसकेको बताउनुभयो ।

उहाले उर्जा क्षेत्रमा विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेको धारणा राख्नुभयो । मन्त्री पुनले सङखुवासभामा अध्ययन भइरहकेो अपर अरुणमा समेत विश्व बैंकको थप सहयोग नेपाललाई आवश्यक रहेकोे भेटमा बताउनुभयो ।

मन्त्री पुनले राष्ट्रिय प्राथमिकतमा रहेका आयोजना र वैदैशिक लगानीमा संचालित आयोजनालाई दु्रत गतिमा अघि बढाउनको लागी सरकारले छिट्टै संयन्त्र बनाउने तयारी गरीरहेको जानकारी दिनुभयो ।  जग्गा अधिग्रहण र वन तथा वातावरण क्षेत्रको समस्या समाधानको लागी सरकारले योजना निर्माण गरिसकेको भन्दै भविष्यमा समस्या नआउने उहाको भनाई थियो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहनुभएका मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न समेत विश्व बैंकका निर्देशकलाई आग्रह गर्नुभयो । मन्त्री पुनले भन्नुभयो ‘तपाईहरु बजारको चिन्ता नगर्नुहोस,हामी क्षेत्रीय बजार मात्र होईन,उर्जा व्यापारका लागी हामी देशभित्रै पनि बजार बनाउंछौ ।’  मन्त्री पुनले छिट्टै बङगलादेशसंग पनि उर्जा कोअपेरशनमा हस्ताक्षर गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।

भेटमा विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानले अपर अरुणमा सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभयो । उहाले अन्तरदेशीय प्रशारण लाइनमा समेत सहयोग गर्न बिश्व बैंक तयार रहेको धारणा राख्नुभयो । बङगलादेशसंगको विद्युत व्यापार सम्झौता भए अन्तरदेशीय प्रशारण लाइन निर्माणमा समेत सहयोग गर्न बिश्व बैंक तयार रहेको उहाको धारणा थियो ।

5b4f2f65175d4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको