Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फाइनल : फ्रान्स र क्रोएसिया भिड्दै, कसले जित्छ ?

आइतबार, ३१ असार २०७५, ०८ : ३६ मा प्रकाशित

विश्वकप फाइनल :  फ्रान्स र क्रोएसिया भिड्दै, कसले जित्छ ?

अर्थ संसार, मस्को- एक महिनादेखि रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता आइतवार लुज्निकी रङ्गशालामा फ्रान्स र क्रोएसियाको भिडन्तसँगै समाप्त हुँदैछ ।

भविष्यको ‘सुपरस्टार फुटबलर’ किलियन एमबापेको साथ रहेको फ्रान्सेली टिम युवा खेलाडीले भरिएको छ भने विश्वकप फाइनलमा पहिलोपटक पुगेको क्रोएसियामा पनि भेटरान खेलाडीको सूची लामै छ ।

सन् १९९८ को विश्वकपमा च्याम्पियन बनेको फ्रान्स सन् २००६ को उपविजेता हो । स्ट्राइकर जिनेदान जिदाने निकै चम्के पछि सन् १९९८ मा फ्रान्स विश्वकप विजेता बनेको थियो । त्यसै वर्ष जन्मेका एमबापे यसपटकको विश्वकपमा चम्केका छन् । उनीबाट टोलीले निकै ठूलो आशा पनि गरेको छ ।

फ्रान्सेली टिमका केही सीमा छन् तर उसले रुसी मैदानमा आफू हार्न नजानेको सन्देश दिइसकेको छ । तर क्रोएसियाको टिमले पनि आफूलाई नथाक्ने र हार्न नजान्ने टोलिका रुपमा यो विश्वकपमा सावित गरेको छ ।

पछिल्ला तीन खेल उसले निर्धारीत समयसम्म बराबरीमा खेलेको थियो । प्रिक्वाटरफाइनल र क्वाटरफाइनलमा क्रमशः डेनमार्क र रुसलाई पेनाल्टी सुटआउटमा हराएको क्रोएसियाले सेमिफाइनलमा इङ्गल्यान्डसँग पछाडि परेर पनि निकै राम्रो मात्र खेलेन अतिरिक्त समयमा गोल गरेर ऐतिहासिक जित समेत हात पारेको थियो ।

क्रोएसियाका मोड्रिच र स्ट्राइकर मारियो मान्डुजिच दुवै ३२ वर्षका भइसके । यद्यपि यी दुईको खेलको स्तर यस विश्वकपमा निकै माथि छ । क्रोएसियाको विश्वकपमा यो पाँचौं सहभागिता हो । क्रोएसियाले सन् १९९८ को विश्वकपमा आफ्नो पदार्पणमा नै सेमिफाइनलसम्मको स्थान बनाएको थियो । त्यतिवेला फ्रान्ससँग अन्तिम चारका लागि भएको खेल हारेपछि क्रोएसियाको विश्वकप फाइनल खेल्ने सपना पूरा हुन सकेको थिएन ।

क्रोएसियाकी राष्ट्रपति एन्द्रिज प्लेन्कोभिचको मनमष्तिस्कमा सन् १९९८ को सेमिफाइनलमा फ्रान्सँग हारेको बदला लिने सोचाइ हुनसक्छ । उहाँले इङ्गल्यानडविरुद्धको सेमिफाइनल अगाडि नै आप्mनो टिमको होटलमा गएर खेलाडीलाई भन्नुभएको थियो, ‘हामीसँग फाइनलमा फ्रान्सलाई हराएर बदला लिने अवसर छ । अब साँच्चिकै क्रोएसियाले यो अवसर पाएको छ ।’

क्रोएसिया विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये चौथो सबभन्दा सानो देश हो । क्रोएसियाको जनसङ्ख्या मात्र ४० लाख छ । फ्रान्सको जनसङ्ख्या ६ करोड ५० लाख छ । फ्रान्सेली टिममा १९ वर्षीय सनसनी एमबापेका साथै मिडफिल्डर पल पोग्बा र स्ट्राइकर एन्टोनियो ग्रिज्मानजस्ता विश्वस्तरीय स्टार फुटबलर छन् ।

फ्रान्सका लागि खुशीको कुरा उसका लागि गोल अनपेक्षित खेलाडीबाट निस्किरहेका छन् । क्वारफाइनल र सेमिफाइनलमा फ्रान्सका लागि सेन्टर ब्याकले गोल गरेका थिए । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको