Like us!
Follow us!
Connect us!
Watch us!

इङ्ल्यान्डलाई पाखा लगाउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा (गोलसहित)

विहीबार, २८ असार २०७५, ०८ : ४९ मा प्रकाशित

अर्थ संसार, एजेन्सी– क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ ।

थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो ।

१–० ले पछि परेको खेल उल्टाउँदै क्रोएसियाले पहिलो पटक विश्व कप फाइनलको यात्रा तय गरेको थियो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्व कप सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।

यसपटक विश्व कप उपाधिका लागि क्रोएसियाले आइतबार सोही फ्रान्सको सामना गर्नेछ । बेल्जियमलाई १–० ले हराउँदै यसअघि नै फाइनल पुगिसकेको छ । सन् १९६६ पछि विश्व कप फाइनलमा पुग्ने इङ्ल्यान्डको सपना भने पुरा हुन सकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको