Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको सेवा ३६५ दिन नै

बुधबार, २७ असार २०७५, १७ : १७ मा प्रकाशित

मेगा बैंकको सेवा ३६५ दिन नै

अर्थ संसार, काठमाडौं–  मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखि उपत्यका भित्र र उपत्यका बाहिरका शाखा कार्यालयहरुको कारोबार समयावधि बढाएको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले राजधानी भित्र र बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको हो ।

काठमाडौंको राइजिङ मलस्थित केन्द्रिय कार्यालय भवनमा रहेको मुख्य शाखाले स्थापनाकालदेखि नै बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिँदै आएको छ भने ठमेल शाखाले पनि साँझ ८ बजेसम्म सेवा दिँदै आएकोे छ । साथै उक्त शाखाहरुबाट वर्षमा ३६५ दिन नै ग्राहकले सेवा पाउने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

यसैगरी, उपत्यका भित्रकोे कलंकी, जावलाखेल र न्यूरोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्नेछन् भने गोंगबु शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।

उपत्यका बाहिरको जनकपुर शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म र हेटौंडा–क्ष्क्ष् शाखाबाट बेलुकी ६ बजेसम्म सेवा लिन मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर देशभरका विभिन्न शाखाहरुबाट शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत बैंकिङ्ग सेवा लिन मिल्ने व्यवस्था मिलाएकोे बैंकले जनाएको छ । उपत्यकाभित्रका शाखाहरुमध्ये ६ वटा शाखाहरु र उपत्यका बाहिरका शाखाहरुमध्ये १० वटा शाखाहरु शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत सञ्चालन हुनेछन् ।

उपत्यकाभित्रका थप ४ वटा शाखाहरु र उपत्यकाबाहिरका थप ३ वटा शाखाहरु शनिवार बाहेक अन्य सार्वजनिक बिदामा पनि खुल्ला रहने बैंकले जनाएको छ । शनिवार तथा सार्वजनिक विदाको दिनमा संचालन हुने शाखाहरु मध्ये गोंगबु र न्यूरोड- II शाखा दिउँसो २.०० बजे देखि बेलुका ५.०० बजेसम्म संचालन हुनेछन् भने बाँकी शाखाहरु विहान ११.०० बजे देखि दिउँसो २.०० बजे सम्म संचालन हुनेछन् ।

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकको हाल देशभर ९९ शाखा, १४ एक्टेनशन काउन्टर, २,००० मेगा रेमीट सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु, ७४ मेगा मनी मेशिन छन् ।

आउने आर्थिक बर्षमा समेत थप शाखा कार्यालयहरु, एक्शटेनसन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खुल्ने मेगा बैंकले जनाएको छ साथै ग्राहकको चाहना बमोजिम नयाँ नयाँ सुविधाहरु थप्दै गुणस्तरीय सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

३६५ दिन नै सञ्चालन हुने शाखाहरु

  •  कमलादी        

  •  ठमेल

 शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत सञ्चालन हुने शाखाहरु
 

  •    जावलाखेल

  •    महाराजगंज

  •    बौद्ध

  •  न्यूरोड– II

  •  विरगञ्ज– I

  •   नारायणगढ– I

  •   भैरहवा

  •    बुटवल

  •   भोजपुर

  •   ओखलढुङ्गा

  •    पोखरा– II

  •   बिराटनगर– II

  •  धनगढी– II

  •   इटहरी

 
शनिवार बाहेक अन्य सार्वजनिक बिदामा सञ्चालन हुने शाखाहरु
 

  •   ज्ञानेश्वर

  •   नयाँबानेश्वर– II

  •  कलंकी

  •   गोंगबु

  •  बिर्तामोड

  •  नेपालगंज

  •   हेटैडा– I

यो पनि पढ्नुहोस्

मौद्रिक नीति: प्रमाणपत्र राखेर ५ प्रतिशत व्याजमा ऋण पाइने 

साउन १ गतेदेखि सेयर बजार पूर्ण रुपमा स्वचालित

मौद्रिक नीति : वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स 

लगानीकर्तालाई १५ प्रतिशत लाभांश देखाई एफपिओ भिराउँदै एनएमवि बैंक

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको