Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति माध्यामिक तहका विद्यार्थीलाई बैंक खाता खोल्न प्रोत्साहन

बुधबार, २७ असार २०७५, १६ : ०५ मा प्रकाशित

मौद्रिक नीति माध्यामिक तहका विद्यार्थीलाई बैंक खाता खोल्न प्रोत्साहन

अर्थ संसार,काठमाडौँ- नेपाल राष्ट्र बैंकले माध्यमिक तहका विद्यार्थीलाई  बैंक खाता खोल्न प्रोत्साहन गर्ने भएको छ ।

बैंकले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा माध्यामिक तहदेखि नै बैंक तथा वित्तीय संस्थामा आवद्ध रहने नीतिलाई प्रोत्साहन गर्न उक्त नीति लिन लागेको हो ।

यस्तै मौद्रिक नीतिले निक्षेपको सुरक्षण रु ३ लाख पुरयाएको छ । वाणिज्य बैंकलाई गाभ्न प्रोत्साहन

मौद्रिक नीतिले हाल सञ्चालनमा रहेका बाणिज्य बैंकहरुलाई गाभ्ने नीति लिएको छ । हाल २८ वटा ठूला क वर्गका वाणिज्य बेंक सञ्चालनमा रहेका छन् । ती बैंकलाई गाभेर १५ वटामा झार्ने केन्द्रीय बैंकको नीति रहेको छ । 

यस्तै कुनै संघ संस्था, बैंक वा वित्तीय संस्थाको शेयर मूल्य २० प्रतिशत घटेमात्र मार्जिन कल गर्न पाउने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा आवश्यक संशोधन गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ ।

पूर्वाधार बैंकहरुको स्थापना र संचालनको लागि आवश्यक नियमन, निरीक्षण र सुपरिवेक्षण सम्बन्धी नीतिगत व्यवस्थाहरु तर्जुमा गर्ने नीति समेत मौद्रिक नीतिले लिएको छ ।


बैकिङ्ग सेवाको पहुँच थप सरल र सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले शाखा कार्यालय खोल्ने नीतिमा परिवर्तन गरी महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिने भएको छ ।

आर्थिक वर्ष २०७५/७६ भित्र सवै वाणिज्य बैंकहरुलाई प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न लगाउने व्यवस्था मिलाइने  भएको छ ।

एक वर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने अभियान सम्बद्ध सरोकारवाला सवै निकायसँगको समन्वयमा प्रभावकारी रुपमा संचालन गर्ने लक्ष्यलाई समेत पूर्ण रुपमा कार्यान्वयन गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको