Like us!
Follow us!
Connect us!
Watch us!

रोजगारी बढाउन विश्व बैंकसँग साझेदारी गर्दै सरकार

बुधबार, २७ असार २०७५, १२ : २७ मा प्रकाशित

रोजगारी बढाउन विश्व बैंकसँग साझेदारी गर्दै सरकार

अर्थ संसार,  काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व बैंकसँगको सम्बन्ध थप सुदृढ बनाउने भएको छ ।

श्रममन्त्री गोकर्णराज विष्टसँग नेपालस्थित विश्व बैंकका प्रबन्धक फिरोज एच. हाडेड जेभोसले गर्नुभएको  भेटवार्तामा दुवै पक्षबीच सम्बन्ध थप सुदृढ गरिने मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो भेटमा मन्त्री विष्टले देशको बहुपक्षीय विकासका लागि नेपाल र विश्व बैंकबीच विगत लामो समयदेखि भएको साझेदारी अझ विस्तारित र सुदृढ हुने बताउनुभयो ।

मन्त्रालयको प्राथमिकताबारे जेभोसले राख्नु भएको जिज्ञाशामा मन्त्री विष्टले नेपाल सरकारले जारी गरेको नीति तथा कार्यक्रममा रोजगारी अभिवृद्धि र मानव संशोधन विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पार्नुभएको थियो ।

नेपालमा हाल उत्पादनशील उमेर समूहका युवाको बाहुल्य भए पनि उत्पादनमूलक रोजगारीका अवसरको अभावमा नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य हुनुपरेको सन्दर्भमा युवालाई दक्ष र सीपयुक्त बनाई वैदेशिक रोजगारीमा पठाउनका लागि तालीम केन्द्रको सुदृढीकरण गर्ने कार्यसमेत सरकारको प्राथमिकतामा रहेको मन्त्रीले जानकारी गराउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको