Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद खुल्ला

बुधबार, २७ असार २०७५, १० : ५० मा प्रकाशित

मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद खुल्ला

अर्थ संसार, काठमाडौं –  मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको (आज) बुधबारदेखि  हकप्रद सेयर विक्री खुल्ला भएको छ । 

कम्पनीले १ः१ अनुपातमा ४ लाख ५० हजार  कित्ता सेयर निष्कासन गरेको हो । लगानीकर्ताले साउन २९गतेसम्म हकप्रद भर्न पाउनेछन् ।

१०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद  जेठ १७ गतेसम्म कायम सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन् ।

कहाँबाट आवेदन दिने ?
 

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, मिर्मिरेको बनेपा सहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट पनि आवेदन दिन मिल्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको