Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले थप्यो ६ वटा एक्सटेनशन काउन्टर, पुग्यो १४ वटा

मंगलबार, २६ असार २०७५, १८ : २६ मा प्रकाशित

मेगा बैंकले थप्यो  ६ वटा एक्सटेनशन काउन्टर, पुग्यो १४ वटा

अर्थ संसार, काठमाडौं–  मेगा बैंक नेपाल लिमिटेडले थप ६ वटा नयाँ एक्सटेनशन काउन्टरहरु विस्तार गरेको छ ।

गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सुनसरी जिल्लाको बराहा नगरपालीकाको चक्रघाँटीमा, सुनसरी जिल्लाका कोशी गाउँपालीकाको लौकहिमा, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकामा, गुल्मी जिल्लाको रुरु गाउँपालीकामा, धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालीकाको तारापाटीमा र पाल्पा जिल्लाको माथागढी गाउँपालीकामा गरि ६ नयाँ एक्सटेनशन काउन्टरहरु विस्तार गरेकोे हो ।     

योसँगै मेगा बैंकको एक्सटेनशन काउन्टर संख्या १४ पुगेको छ । ९८ वटा शाखा रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २ हजारभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एक्सटेनसन काउन्टर विस्तारलाई तीव्रता दिइरहेको छ । आउने आर्थिक बर्षमा समेत थप शाखा कार्यालयहरु, एक्शटेनशन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खुल्ने मेगा बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको