Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन बिच बैंकासुरेन्स सम्झौता

मंगलबार, २६ असार २०७५, १८ : १३ मा प्रकाशित

जनता बैंक र लाइफ इन्स्योरेन्स  कर्पोरेशन बिच बैंकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स  कर्पोरेशन (नेपाल) लिमिटेड बिच बैंकासुरेन्स  सेवा सम्बन्धी मंगलबार सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवनवीमा सेवा दिने अभिप्रायले इन्स्योरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा लाइफ इन्स्योरेन्ससँग पनि संझौता सम्पन्न भएको हो ।

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्योरेन्स  कर्पोरेशन (नेपाल) का निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको