आइतबार, ०३ भदौ २०७५, ०९ : २५
विश्वकप : फ्रान्स र बेल्जियमको भीडन्त हुँदै, कसले जित्ला ?
मङ्गलबार, २६ असार २०७५

अर्थ संसार, काठमाडौं –विश्वकप फुटबल अन्तरगत आज सेमिफाइनलको पहिलो खेल फ्रान्स र बेल्जियम  विच प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार राति ११ः४५ बजे हुने सेमिफाइनल खेलमा हुनेछ ।

फ्रान्सलाई हराएर बेल्जियम इतिहास रच्ने दाउमा रहेको छ । बेल्जियमले अहिलेसम्म विश्वकप जित्न सकेको छैन । त्यसैले फ्रन्सलाई हराएरमा बेल्जियम उपाधिको झन नजिक पुग्नेछ ।
 
यता, फ्रान्सले पनि अहिलेसम्म १ पटक मात्र विश्वकप जितेको छ । राम्रो लयमा रहेकाले यसपालि पनि फ्रान्स विश्वकप जित्ने दाउमा छ ।
 
फ्रन्स र बेल्जियम दुवै टिममा युवा खेलाडीहरु रहेका छन् । समूह चरणदेखि सेमिफाइनलसम्मै दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved