Like us!
Follow us!
Connect us!
Watch us!

पहिरोले अवरुद्ध मुग्लिन सडक पुनः संचालनमा

मंगलबार, २६ असार २०७५, १२ : ०० मा प्रकाशित

पहिरोले अवरुद्ध मुग्लिन सडक पुनः संचालनमा

अर्थ संसार, चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ ।

पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक केही समय अघिदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं २९, घुमाउनेमा ठूलो पहिरो खसेको थियो । सो ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

त्यसैगरी, सोही सडकको टोपेखोला र जलबिरेमा पनि पहिरो खसेको थियो । पहिरो खसेका सबै ठाउँको पहिरो पन्छाएपछि सवारी पूर्णरुपमा सञ्चालनमा आएका छन् ।

पहिरोका कारण रोकिएका सवारी पहिरो पन्छाएर सञ्चालनमा आएपछि आफ्नो गन्तव्यतर्फ लागेका छन् । विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँ ठाउँमा पहिरो खस्ने सम्भावना भएकाले सचेत भएर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको