Like us!
Follow us!
Connect us!
Watch us!

४१० मेगावाटको नलगाडमा जाइकाले ५५ अर्ब सहयोग गर्ने

सोमबार, २५ असार २०७५, ११ : २३ मा प्रकाशित

४१० मेगावाटको नलगाडमा जाइकाले ५५ अर्ब सहयोग गर्ने

अर्थ संसार, काठमाडौँ – जाजरकोटमा आयोजना स्थल रहेको ४ सय १० मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले ५५ अर्ब सहयोग गर्ने भएको छ ।

सो आयोजनाको हाल विस्तृत परियोजना प्रतिवेदन तयारीको हालतमा रहेको छ । सो प्रतिवेदन तयार हुने वित्तिकै जाइकाले सहयोगका लागि आवश्इक तयारी गर्ने जनाएको छ ।

नेपालको विकास साझेदारको रुपमा रहेको जाइकाले आयोजना निर्माणका लागि नै सो रकम सहयोग गर्ने जनाएको हो ।

आयोजनाकाअनुसार जाइकाले आयोजनामा सहयोग गर्न प्रतिबद्धता जनाएको छ ।जाइकाले सो रकम ०.१ प्रतिशत व्याजमा व्यापारिक ऋण दिने बताएको हो ।

२०७३ वैशाखदेखि विस्तृत परियोजना प्रतिवेदन तयारीको काम भइरहेको छ । सो प्रतिवेदन तयार पार्ने काम यसै वर्ष सकिनेछ ।

आयोजनाको हाल पहुँचमार्ग निर्माण तथा आवास स्थल निर्माणको काम भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको