Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सका प्रमुखलाई पद खारेजीको पत्र, अब कता जाल सेयर बजार ?

आइतबार, २४ असार २०७५, १६ : ३१ मा प्रकाशित

नेप्सका प्रमुखलाई पद खारेजीको पत्र, अब कता जाल सेयर बजार ?

अर्थ संसार,काठमाडौं– सरकारले कांग्रेसलाई काउन्टर दिँदै देउवा सरकारले सात महिनामा गरेका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय  गरेसँगै  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकायरी अधिकृतको नियुक्ती खारेजीको पत्र काटेको छ । खारेजी पत्र अर्थ मन्त्रालयमा आइसेकेको छ ।

खारेजी पत्र अबको केही दिनभित्र पुँजी बजारका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद हातमा आइपुग्ने अर्थमन्त्रालयले जनाएको छ ।  तर, यता नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद भने आफ्नो पदको बचाउ गरिरहेका छन् ।

आफू राजनीतिक नियुक्त भन्दा पनि खुल्ला प्रतिस्पर्धाबाट आएकाले सरकारको यो निर्णय गैर कानूनी भएको भन्दै कानूनी उपचार खोज्ने तयारी गरिरहेका छन् । असोज २३ गते  त्यतिखेरको नेपाली कांग्रेसको सरकारले ४ वर्षको लागि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत पदमा चन्द्रसिंह साउदलाई नियुक्त गरेको थियो ।

अब कता जाला सेयर बजार ?

निरन्तर ओरालो लागिरहेको सेयर बजारमा नेप्सका कार्यकारी अधिकृत साउद हटाउँदा अब सेयर बजार कता जाला भन्ने आम लगानीकर्ताको चासोको विषय बनेको छ । सरकारको बुधबार बसेको बैठकले नेप्सेका प्रमुखलाई हटाउने निर्णय गरेसँगै सेयर बजार बिहीबार ३६ अंकले बढर ४६ करोड भन्दा बढीको कारोबार भएको थियो ।

त्यसैगरी (आज) आइतबार पनि ०.०२ अंकले घट्दा कारोबार भने ४८ करोड भएको छ । सेयर बजारमा भएको यो  नेप्से र कारोबार रकममा वृद्धि धेरै महिनापछिको हो । यसले सेयर बजारमा  सकरात्मक संकेत देखाएको एकतरी लगानीकर्ताको समूह बताउँछन् । 

तर, अब नियुक्त हुने कार्यकारी अधिकृतको हातमा पनि हुनेछ । उता, अर्र्का थरी समूह भने वर्तमान अधिकृतले लागू गरेका योजनाहरु आउने प्रमुखले भत्काउने होकी भन्ने डर राख्दछन् । नेप्सेले आगामी साउन १ गतेबाट अनलाइन कारोबार प्रणालीको परीक्षण थाल्ने  तयारी गरिरहेको छ ।

  यसको जिम्मा पाएको भारतीय कम्पनी एकेएस इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेजलाई अनलाइन ट्रेडिङ सफ्टवेयरको युजर एसेप्टेन्स टेस्ट (यूएटी) ले तयारी गरिरहेको छ । सेयर लगानीकर्ताहरु भने नेप्सेका प्रमुख पद खाली हुँने वित्तिकै छिटो भन्दा छिटो प्रमुखमा नियक्त गर्न राजनीतिक दलका नेतालाई भेटी आग्रह गरिरहेका छन् ।

नियुक्ति बदरको पत्र पाउनेमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, सदस्य हेमकुमार श्रेष्ठ, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्य गोविन्दबहादुर कोइराला र विमला भण्डारी छन् ।

यस्तै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सदःय विजय देउजा, सेन्सर बोर्डका उमेश खड्का, देवीराम पराजुलीको नियुक्त पनि बदर भएको छ । नेपाल टेलिभिजनका सल्लाहकार किरण चित्रकार, राससका सञ्चालक समिति सदस्य एकराज पाठक, नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य गोविन्द धितालले पनि नियुक्ति बदरको चिठी पाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको