Like us!
Follow us!
Connect us!
Watch us!

हलमा शुक्रबारदेखि ‘समर्पण’ {फोटो–भिडियोसहित}

मंगलबार, १२ पुस २०७३, १० : ५९ मा प्रकाशित

अर्थ संसार 
काठमाडौं– आउँदो शुक्रबार फायर इन्टर प्राइजेज एण्ड मिडिया प्रालीको ब्यानरमा तयार भएको चलचित्र ‘समर्पण’ देशभर रिलिज हुँदैछ । बसन्त निरौला निर्देशित यो चलचित्रमा रोजन खनाल, रञ्जु शर्मा, रुवि शर्मा, प्रयास तामाङ, विश्वास लामा, अमृत शाही ठकुरी, आशा भुषाल लगायतका कलाकारको अभिनय छ ।

निर्माता इमरान सिद्धिकी चलचित्र ‘समर्पण’ को टिकाराम रखाल मगरको लेखन रहेको छ । चलचित्रमा कुमार महर्जनको एक्सन, संग्राम तामाङ र विश्वास लामाको नृत्य, दिव्य सुवेदी र जयकुमार दर्लामीको छायांकन छ । चलचित्रले यूवापुस्ताको प्रेम, वियोग र रोमान्सको कथालाई उठान गरिएको नायक रोजन खनालले बताए । चलचित्रका मुख्य २ नव–कलाकार रञ्जु र रुविले यो चलचित्रबाट रजतपटमा जम्ने आशा व्यक्त गरेका छन् । 


 

5861faca4ba19.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको