Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको FPO: पुँजी बजार र देशलाई विश्वसामू गिराउँदै

बुधबार, २० असार २०७५, ०५ : ०६ मा प्रकाशित

नेपाल बैंकको FPO: पुँजी बजार र देशलाई विश्वसामू गिराउँदै


अनलराज भट्टराई

नेपाल बैंकको एफपीओ विक्री भएन । विक्री नहुने वित्तिकै सरकारकै छबिमा फरक पर्ने भयो । यसले अन्तर्राष्ट्रियस्तरमा नेपाल सरकारको लगानी भएको वाणिज्य बैंकलाई पनि सर्वसाधारणले विश्वास गरेनन् भन्ने सन्देश दिन्छ ।

यस्तो स्थिति आउन दिनुहुँदैनथ्यो । समय पनि गलत भयो । यस्तो बेला एफपीओमा जानै हुँदैनथ्यो, त्यो आत्मविश्वास किन ल्याको ? सर्वसाधारणबाट पैसा उठाउनु छ भने सेयर बजारलाई किन गाली गर्नुपर्ने ? यस्तो बेला किन पुँजीगत लाभकरको कुरा गरेको ? किन मूल्याङ्कनको विषय उठाएको ? एकातिर नेपाल बैंकबाट सेयर बेचेर ४ अर्ब उठाउने भन्ने अनि अर्कोतिर नीति अर्कै समाउने ?

नेपाल बैंकको एफपीओ बेच्नुको मतलब सरकारले अप्रत्यक्ष रुपमा विगतमा गरेको लगानी फिर्ता लिन खोजेको हो । एकातिर आफ्नो लगानी फिर्ता लिन खोज्ने अनि अर्कोतिर आफ्नै खुट्टामा आफै छिर्के हानेर के बोलिरहेका छौं ।

आफैंलाई थाहा नहुने स्थिति कसरी आयो । यसको मतलब सरकारको कुनै रणनीति नै छैन । त्यसकारण पहिला त रणनीति बनाउनुपर्यो । वास्तविक कार्यान्वयन हुने योजना बनाउनुपर्यो ।

यदि अर्थ मन्त्रालयमा बसेका मान्छेले हामी एफपीओ निकाल्दै छौं भन्ने थाहा छैन भन्नुहुन्छ भने फरक कुरा भयो । त्यसो हो भने पनि उहाँहरू हो को ? र उहाँहरुको भूमिका के हो ? भनेर सोध्नुपर्ने स्थिति आउँछ । त्यहाँ वित्तीय क्षेत्र हेर्ने विभाग किन राखेको रु यो व्यक्तिको कुरा होइन प्रणालीको कुरा हो ।

त्यसैले प्रणाली सुधार गरौं । प्रणाली सुधार गर्ने कुरामा नेपाल धेरै नै नाजुक अवस्थामा छ । एकातिर १५ दिनपछि एफपीओ बेचेर ४ अर्ब उठाउँछौं भनेर लागिरहेका छौं, अर्कोतिर त्यही बेला पुँजीबजारमा जाने मान्छे सबै फटाहा हुन् हामी घाँटी न्याक्छौं भनिएको छ ।

अब कसको घाँटी न्याकिन आउँछ त रु सरकारले चाह्यो भने सबै सरकारीकरण गर्न पनि त सक्छ नी । अब २८ ओटै बैङ्क सरकारीकरण गर्यौं भनेर भनिदिए भइगो त ? तर, उद्देश्य त्यो होइन । अन्ततोगत्वा सर्वसाधारणकै शरणमा जाने हो भने सरकारको सोचाइ र काम गराइ उपयुक्त भएन ।

सरकारले गर्ने व्यवहारमा परिपक्वता ल्याउनुपर्यो, केटाकेटीको खेलाँचीजस्तो गर्नुभएन । परिपक्वता कर्मचारीतन्त्र वा राजनीतिज्ञ कसैमा पनि देखिएन ।

नोट : नाडेपको आईपीओ आइपिओको नतिजा हेर्न यसो गर्नुहोस।

हामी आइपिओको नतिजा आउन साथ राख्ने छौँ । नतिजा हेर्नको लागि यो पेज नतिजा लाईक गर्नु पर्ने छ ।

यहाँ क्लिक गरी लाइक गर्नुहोला ।

https://www.facebook.com/arthasansar/

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको