Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीको सेयर आइपिओको भाउमा उठाउने अवसर

मंगलबार, १९ असार २०७५, ०५ : ५० मा प्रकाशित

यी कम्पनीको सेयर आइपिओको भाउमा उठाउने अवसर

अर्थ संसार, काठमाडौं– दोस्रो सेयर बजारमा हिजोआज लगानीकर्ता चुर्लुम्म डुवेका छन् । दोस्रो बजारमा ह्वात्तै घटेपछि लगानीकर्ता चुर्लुम्ब डुवेका हुन् ।

कम्पनीको सेयर विस्तारै आईपिओको भाउ (प्रतिकित्ता १ सय रुपैयाँको हारहारीमा) आएको छन् । माथिका कम्पनीको प्रतिकित्ता सेयर २ सय भन्दा तल १ सय विच भित्र कारोबार भैरहेको छ ।

विशेष गरी विकास बैंक, फाइनान्स र जलविद्युत  समूहको सेयर प्रतिकित्ता १ सय रुपैयाँ भित्र रहेका हुन् । अब लगानीकर्ताले कुन कम्पनीको साधारण सेयर (आइपिओ)  आउँछ भनेर कुरी रहुनु पर्दैछ । दोस्रो बजारमा फालाफाल आइपिओको भाउमा सेयर किन्न पाइन्छ ।

अहिले आइपिओको भाउमा किनेको सेयर केही समय होल्ड गर्न सके पछि राम्रो फाइदा हुने सेयर बजार बजार विश्लेषक राजु पौडेलको तर्क छ ।

विश्लेषक राजु पौडेलका अनुसार अहिलेको सेयर बजारलाई हेर्दा नयाँ लगानीकर्ता  छिर्ने राम्रो अवसर पनि हो । आइपिओमा लगानीकर्ता डुव्ने कम सम्भावना हुन्छ । सवै भन्दा कम मूल्य नेशनल हाइड्रोपावरक कम्पनी लिमिटेडको रहेको छ ।

जसको मूल्य ८३ रुपैयाँ रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भएको १६४ वटा कम्पनी  सूचिकृत भई कारोबार भैरहेका छन् । अपवादमा केही कम्पनी बाहेक अहिलेसम्म आइपिओको भाउ भन्दा कम मूल्यमा कुनै पनि घटेको छैन ।

त्यसैले अहिले आइपिओको भाउमा सेयर उठाउँदा लगानीकर्ताले धेरथोर नाफा कमाउने छन् ।  यो समाचार तयार पार्दसम्म १ भन्दा बढी र २ सय रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भएका कम्पनीहरु यस प्रकारका छन् ।

यी हुन १ सय रुपैयाँ भित्र पाइने कम्पनीहरु 

5b38b82add940.jpg 5b38b82d6369b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको