Like us!
Follow us!
Connect us!
Watch us!

खानलाई काम गर्नैपर्यो, बुढेसकालमा कसैले हेर्दैनन्

मंगलबार, १२ पुस २०७३, ०९ : ४२ मा प्रकाशित

खानलाई काम गर्नैपर्यो, बुढेसकालमा कसैले हेर्दैनन्

अर्थसंसार 
काटमाडौँ–किन मानिसले सन्तान जन्माउँछन् ? छोरीभन्दा किन समाजमा छोराको मोह बढी हुन्छ ? के सबै छोराले बाबुआमालाई बुढेसकालमा राम्रो स्याहारसुसार गरेर राखेका छन् त ? आजकल समाजमा हेर्ने हो भने धेरै बाबुआमा अपहेलित देखिन्छन् । विभिन्न समयमा ठूलै पदमा पुगेका व्यक्तिहरुले पनि आफ्ना बाबुआमालाई वृद्धाश्रममा लगेर छाडेका खबर सुन्नमा आउँछन् । युवाहरु गाउँ छोडेर सहर बस्ने क्रम बढेसँगै बुढा बाबाआमा अपहेलित हुन थालेका छन् । गाउँमा मात्र होईन, सहरका सडकको छेउमा पनि आफ्नो गुजारा टार्नेका लागि चिया, फलफूल, तरकारीलगायतका सामान बेचिरहेका बुढा बाबाआमाहरु देखिन्छन् । 

यस्तै मध्य एक हुन् थापाथलीको व्यस्त सडकमा सानो व्यवसाय गर्दै आईरहेका ईशराजुल शेक । उनी ३० वर्षदेखि डमरु बजाएर ठाउँठाउँमा हिड्दै कस्मेटिक सामानको विक्रि गर्दै आइरहेका छन् । पहिले उनी काठमाडौँको कपन, पाटनलगायत ठाउँमा सामान बोकेर बेच्दै हिँड्थे । एक महिनदेखि उनी थापाथलीनजिक सडकको छेउमा बसेर सामान बेच्न थालेका छन् । 
उमेरले ७३ वष कटेका शेकका २ छोरा र २ छोरी छन् । छोरीहरु बिहे गरेर आफ्नो श्रीमान्को घर गए । एउटा छोरा कमाउन भारतको मुम्बइ गएका छन् । अर्को छोरा दिल्ली गएको उनले बताए । रौतहट घर भएका उनी थापाथलीकै सुकुम्वासी क्षेत्रमा भाडामा बस्ने गर्छन् । 

झट्ट हेर्दा सानो देखिए पनि उनको पसलमा टिका, चुरा, पोते, पालिस, लिपिस्टक, ऐना, बच्चाका खेलौना, भ्यासलिन, माला, काईयो, गाजल, पाउडर, गिलिसिरिन, लेभेन्टिक ब्रेसलेट, पाउजुलगायतका अनगिन्ती सामानहरु उपलब्ध छन् । 
‘यसरी सडकको छेउमा बसेर सामान बेच्न दुःख त हुन्छ । तर खानलाई काम गर्नैपर्याे,’ मलिन स्वरमा उनले भने । उनी बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म ती सामान बेच्ने गर्छन् । नगरपालिकाको कर्मचारी आएर २ पटकसम्म सामान लगेको गुनासो उनले व्गरे । ‘पाँच सय रुपैयाँ दिएपछि बल्ल नगरपालिकाका कर्मचारीले सामान फिर्ता दिए’ अलिकति चिन्तित हुँदै उनले भने । 

एकदिनमा ६ सयदेखि ७ सयसम्मको व्यापार हुने उनले बताए । उनले टेकुको होल्सेल पसलबाट सामान ल्याएर बेच्ने गर्छन् । उमेर बुढो भए पनि अझै केही वर्ष काम गरेर खाने जोस रहेको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको