Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपः नेपालमा दैनिक अर्बको सट्टेबाजी

शनिबार, १६ असार २०७५, ०८ : ५८ मा प्रकाशित

विश्वकपः नेपालमा दैनिक अर्बको सट्टेबाजी

अर्थ संसार, काठमाडौं - रसियामा विश्वकप फुटबल चलिरहेको छ । कतिपयले विश्वकपलाई जुवा खेल्ने खेलाउने मौकाका रूपमा पनि प्रयोग गरिरहेका छन् ।

नेपालमा पनि विश्वकपका खेलमाथि दैनिक एक अर्बभन्दा बढी रुपैयाँको बाजी लाग्ने गरेको छ ।  आजको नयाँ पत्रिकामा समाचार छ ।

काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा सट्टेबाजी धन्दा चलिरहेको छ । सट्टेबाजीको सबैभन्दा ठूलो खाल काठमाडौंमै चलेको प्रहरीले जनाएको छ । यो जुवामा टोलेगुन्डा, क्यासिनो खेलाडीदेखि फुटबलका फ्यानसमेत संलग्न छन्  ।

विश्वकपका खेलअनुसार दैनिक एक अर्बभन्दा धेरैको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता सहरमा करोडौँको बाजी लाग्ने गरेको हो । काठमाडौंमा त टोलटोलसम्म सट्टेबाजको जालो पुगेको प्रहरी बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको