Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीलाई भेट्ने समय: शुक्रबार सांसदले, १ र १५ गते कार्यकर्ताले

बुधबार, १३ असार २०७५, ११ : ३२ मा प्रकाशित

प्रधानमन्त्रीलाई भेट्ने समय: शुक्रबार सांसदले, १ र १५ गते कार्यकर्ताले

अर्थ संसार, काठमाडौं–प्रधानमन्त्री के.पी. शर्मा ओलीले सांसद र पार्टीका कार्यकर्तासँग साप्ताहिक र पाक्षिकरूपमा नियमित भेट गर्ने कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेतासमेत रहनु भएका प्रधानमन्त्री ओलीले नियमित भेटघाटका अतिरिक्त हरेक शुक्रबार नेकपाका सांसदहरूलाई भेटघाट गर्नु हुनेछ ।

शुक्रबार अपरान्ह ३ देखि ५ बजे सांसदले प्रधानमन्त्रीलाई सिंहदरबारमा भेट गर्न पाउने गरी व्यवस्था मिलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले मङ्गलबार जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीसँग साप्ताहिकरुपमा क्रमशः सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदले भेटघाट गर्न पाउने व्यवस्था गरिएको छ । त्यसैगरी प्रधानमन्त्रीले नियमितरुपमा हरेक महिनाको १ र १५ गते नेकपाका कार्यकर्तालाई भेटघाट गर्नु हुनेछ ।

यस्तै, उहाँले हरेक महिनाको पहिलो दिन बिहान ११ देखि दिउँसो १ बजेसम्म नेकपाको ध्रुम्रबाराहीस्थित कार्यालयमा र १५ गते पेरिस डाँडास्थित कार्यालयमा पार्टी कार्यकर्तालाई भेट्नु हुने कार्यतालिका छ । दुई ठूला कम्युनिष्ट पार्टीबीच एकीकरण भई नेकपाको गठन भएपछि धुम्रबाराही र पेरिसडाँडाबाट पार्टीका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको