Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माई हाइड्रोले धितोपत्रबाट पायो ११ करोडको आइपीओ निश्कासन गर्ने अनुमति

सोमबार, ११ असार २०७५, ११ : ४२ मा प्रकाशित

पञ्चकन्या माई हाइड्रोले धितोपत्रबाट पायो ११ करोडको आइपीओ निश्कासन गर्ने अनुमति

अर्थ संसार, काठमाडौं– पञ्चकन्या माई हाइड्रो पावरलाई धितोपत्र बोर्डले सर्व साधारण सेयर (आइपिओ) निश्कासन गर्न अनुमति दिइएको छ ।

बोर्डले असार ८ गते सर्वसाधारणका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको हो ।

स्थानीयवासीको लागि  पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल पूँजीको १० प्रतिशतको दरले  ११ करोड मूल्य बराबरको आइीपओ निश्कासन गरी विक्री वितरण गरिसकेको छ ।

पुनः सर्वसाधरणको लागि १० प्रतिशत सेयरकै सार्वजनिक निश्कासन गर्न लागेको हो । आइपीओका लागि कम्पनीले सनराइज क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

यो कम्पनीले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट बिद्युत उत्पादन गरिसकेको छ ।

हालै यो आयोजनालाई १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी(क्यास्केड) जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीले १८.१ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४० लाख रुपैयाँ रहेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको