Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको बृहत स्वास्थ्यशिविर सम्पन्न : ३ सय जना लाभान्वित

आइतबार, १० असार २०७५, १६ : ०३ मा प्रकाशित

जनता बैंकको बृहत स्वास्थ्यशिविर सम्पन्न : ३ सय जना लाभान्वित

अर्थ संसार, काठमाडौं– संस्थागत  सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामिण जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको जनता बैंक नेपाल लिमिटेडबाट पाणिनी गाउँपालिका, दुर्गाफाट, अर्घाखाँचीमानिःशुल्क स्वास्थ्यशिविर सम्पन्न गरिएको छ ।

गत शुक्रबार सम्पन्न गरिएको स्वास्थ्य शिविरको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले गरेका थिए ।  बैंकका संचालक लङ्कबहादुर के.सी. को सभापतित्वमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रायमाझीले ग्रामिण भेगका जनताको स्वास्थ्यमा जनता बैंकले पुर्याएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

लुम्बिनि मेडिकल कलेज तथा शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरुको प्राविधिक सेवा रहेको स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग सम्बन्धि र जनरल मेडिकल जाँचग रिएको थियो । करिव ३०० जना विभिन्न उमेरका महिला तथा पुरुषहरुले स्वास्थ्य जाँच गराएको उक्त शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्यनारी पहल’ मार्फत ग्रामिण महिलाहरुको पाठेघरको रोगको उपचारमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ । उक्त शिविरबाट आङ्ग खस्ने सम्बन्धि रोगको अपरेशनको लागि सिफारिस भएका महिलाहरुको उपचारमा बैंकले सहयोग गर्नेछ । 

5b2f71df41a7e.jpg 5b2f71dfad333.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको