Like us!
Follow us!
Connect us!
Watch us!

जनसम्पर्क समितिको पाचौ महाधिबेशन : उपाध्यक्षको लागि आचार्यको उम्मेद्धारी

आइतबार, १० असार २०७५, ११ : ०० मा प्रकाशित

जनसम्पर्क समितिको पाचौ महाधिबेशन : उपाध्यक्षको लागि आचार्यको उम्मेद्धारी

अर्थ संसार, काठमाडौं– नेपाली कांग्रेसको प्रवासी संगठन जनसम्पर्क समिति पोर्चुगलको उपाध्यक्ष पदको लागि युवा ब्याबसायी नविन आचार्यले उम्मेद्धारी दिने भएका छन्।

आगामी जुलाई महिनाको २२ तारिखका दिन पोर्चुगलको राजधानी लिस्वनमा सम्पन्न हुने समितिको पांचौ महाधिबेशनमा आफुले उपाध्यक्षको लागि उम्मेद्धारी दिने आचार्यले जनाए। आचार्य विगत केही बर्ष देखि पोर्चुगलमा रहेर हस्पिटालीटी तथा आईटी ब्याबसाय गर्र्दै आई रहेका छन्।

नेपालमा रहदा समेत नेपाली कांग्रेसका विभिन्न तहमा रहेर महत्वपुर्ण जिम्मेवारी निभाएका आचार्यले प्रवासी नेपालीहरुको हकहितको निम्ति आफुले उम्मेद्धारी दिएको बताए। पोर्चुगलमा आफ्नो ब्याबसाय मार्फत दर्जन बढी नेपाली लाई रोजगारी दिईरहेका आचार्यले उपाध्यक्षको जिम्मेवारी पाएमा थप सकृय र प्रोत्साहीत भएर काम गर्ने जनाए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको