Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको एटिएम सेवा ठमेलमा

आइतबार, १० असार २०७५, ०८ : ३४ मा प्रकाशित

ज्योति विकास बैंकको एटिएम सेवा ठमेलमा

अर्थ संसार, काठमाडौं- ज्योति विकास बैंक लिमिटेडले आफ्नो ग्राहक वर्गहरुमा सेवा विस्तार गर्ने क्रममा काठमाडौंको ठमेल सातघुम्तीमा एटिएम सेवा संचालनमा ल्याएको छ ।

यससँगै वैंकले १८ स्थानबाट एटिएम  सेवालाई  आफ्नो ग्राहकवर्गमा पुर्याएको छ । हालै मात्र वैंकले SCT Card लाई प्रतिस्थापन गरि Visa Debit Card ल्याएको हो । यस बैक ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ ।

बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि (Reliable Corporate Image) बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, ए.टि.एम. सेवा, ३६५ दिने बैंकिङ्ग सेवा ABBS सेवाका साथै आफ्नै रेमिट सेवा ज्योति रेमिट समेत संचालनमा ल्याएको छ ।

हाल बैंकले ५७ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम  संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजार भन्दा बढि खाताबाट रु. १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको