Like us!
Follow us!
Connect us!
Watch us!

एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

शनिबार, ०९ असार २०७५, २० : ३३ मा प्रकाशित

एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

अर्थ संसार, काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ९०६ जना परीक्षार्थी सहभागी थिए ।

सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् ।

त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएका छन् ।

त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ७० हजार ५ सय १२ जना सफल भएका छन् ।

२.०५ देखि २.४० सम्म ६१ हजार ८ सय ७० जना सफल भएका छन् भने १.६५ देखि २.०० सम्म १ लाख १ हजार ४३ जना सफल भए ।

नतिजा यहाँबाट हेर्न सक्नुहुने छ ।

5b2e5f2b32b4e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको