Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकार शंकरलाई असई अशोकको धम्की

शनिबार, ०९ असार २०७५, २० : ०४ मा प्रकाशित

पत्रकार शंकरलाई असई अशोकको धम्की

अर्थ संसार, सिन्धुली – राष्ट्रिय अनलाई पत्रकार संघ सिनधुली तथा अर्थ सन्सार सिनधुलीका पत्रकारमाथी प्रहरीको धम्की आएको छ ।  

असार ५ गते बेलुका करिब ६ : ३० बजेको समयमा गोलन्जोर ३ ग्वाल्टारको एक खाजा घरबाट मोवाईल सहित  नगद चोरी भएको भनी प्रहरीमा परेको उजुरीलाई प्रहरी चौकी ग्वाल्टारले वेवास्था गरेको भन्ने पीडित पक्षको गुनासोलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली सम्म पुर्याएको भनी पत्रकार शंखर पहाडी,गौरबमाथी प्रहरीको धम्की आएको हो ।

प्रहरीले हाम्रो कुरालाई वास्था गरेन भनी पीडित पक्षले गुनासो गरेपछि पत्रकार शंखर पहाडी,गौरबले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवलाई सोही कुरा सुनाएका थिए ।

सोही विषयलाई लिएर प्रहरी चौकी ग्वाल्टारका प्रहरी प्रमुख असई अशोक झाले प्रहरीसँग दुस्मनी सुरु गरेको भन्दै पत्रकार शंखर पहाडी,गौरबलाई भाटा हान्ने धम्की दिएका हुन । सो विषय जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई पनि पत्रकार शंखर पहाडी,गौरबले बताएका छन ।

नोट : हामिसँग धम्कीको अडियो सुरक्षित छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको