Like us!
Follow us!
Connect us!
Watch us!

प्रमको चीन भ्रमणमा भएका प्रतिवद्धता सकारात्मक

शनिबार, ०९ असार २०७५, १३ : ५३ मा प्रकाशित

प्रमको चीन भ्रमणमा भएका प्रतिवद्धता सकारात्मक

अर्थ संसार, काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री के.पी.शर्मा ओलीको चीन भ्रमणको क्रममा विगतमा दुई देशका बीचमा भएका समझदारीलाई कार्यान्वयन गर्ने प्रतिबद्धतालाई सकारात्मक भएको जनाएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीको भ्रमणको क्रममा पारवहन, व्यापारलगायत रेल, बिजुली, पर्यटन र पूर्वाधारसम्बन्धी सम्झौता र समझदारीलाई कार्यान्वयन गर्ने प्रतिबद्धतालाई राप्रपाले सकारात्मकरूपमा लिएको उल्लेख छ ।

राप्रपाले प्रधानमन्त्रीको भ्रमणमा पारवाहन सन्धि हुन नसकेको तथा पेट्रोलियम पदार्थ आपूर्तिको वैकल्पिक व्यवस्थाबारे उल्लेख नभएकोप्रति भने असन्तोष प्रकट गरेको छ ।

प्रवक्ता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘औपचारिकरूपमा सिंगो मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा गएको बेला पार्टीगत कार्यक्रममा सहभागिता र पार्टी विशेषको विचारको अभिव्यक्ति कूटनीतिक मर्यादा अनुकूल नभएको राप्रपाको ठहर छ ।’’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको