Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी पुल निर्माण हुने, नाका खुल्ने भएपछि सिन्धुपाल्चोकवासी खुसी

शनिबार, ०९ असार २०७५, १२ : ५२ मा प्रकाशित

मितेरी पुल निर्माण हुने, नाका खुल्ने भएपछि सिन्धुपाल्चोकवासी खुसी

रमेश लम्साल

अर्थ संसार, काठमाडौं– नेपाल र चीन जोड्ने रसुवागढीस्थित पुल जो चीनतर्फ पूर्ण पक्की छ। नेपालतर्फ फलामे पाता लगाएर काम चलाइएको छ। तस्विरस् कृष्ण ढुंगाना
नेपाल र चीन जोड्ने रसुवागढीस्थित पुल जो चीनतर्फ पूर्ण पक्की छ। नेपालतर्फ फलामे पाता लगाएर काम चलाइएको छ। तस्विरस् कृष्ण ढुंगाना

चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता भएपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकार भएका व्यक्ति तथा निकाय खुशी भएका छन्।

‘गोरखा भूकम्प’पछि बन्द भएको सो नाका खुलाउने र मितेरी पूल निर्माण गर्ने विषयमा सहमति भएको जानकारी पाएपछि उनीहरु हर्षित भएका हुन्।

भूकम्पपछि असुरक्षाको कारण देखाउँदै चीन सरकारले सो नाका बन्द गरी रसुवागढी नाका मात्रै सञ्चालनमा ल्याएको थियो। नेपाल र चीन जोड्ने छोटो र सहज नाका भएपनि लामो समयदेखि बन्द हुँदा सयौं नागरिकको रोजगारी मात्रै नभई मुलुकका लागि ठूलो परिमाणको राजस्व समेत गुमेको थियो।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा बिहीबार तातोपानीको मितेरी पुल चीन सरकारले निर्माण गरिदिने सम्झौता भएको छ। सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूले हस्ताक्षर गरेका छन्। यस्तै, रसुवागढीको मितेरी पुल समेत चीन सरकारले नै निर्माण गरिदिने सम्झौता भएको छ।

नाका खोल्ने उद्देश्यका साथ केही समय पहिलेदेखि नाका नजिकै रहेको लार्चा सुक्खा बन्दरगाह निर्माणको काम समेत शुरु भएको छ। नेपाल इन्टर मोडल यातायात समिति र चिनियाँ अधिकारीको सहमतिपछि लार्चा बन्दरगाहको काम शुरु भएको हो।आगामी एक वर्षभित्र उक्त सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नाका खुल्ने र मितेरी पुल समेत चीन सरकारले निर्माण गर्ने सम्झौताको स्वागत गर्दै नेकपाका नेता तथा सिन्धुपाल्चोक १ का सांसद अग्निप्रसाद सापकोटाले लामो समयदेखिको आफूहरुको प्रयासले सार्थकता पाएको बताए।

ुतातोपानी नाका खुलाउन पटक पटक भएका राजनीतिक, कुटनीतिक प्रयासले सफलता पाएको छु नेता सापकोटाले भने,ुनाका खुलाउन प्रधानमन्त्रीले खेलेको भूमिका सकारात्मक छ। सिन्धुपाल्चोकवासीका तर्फबाट उनलाई विशेष धन्यवाद पनि छ।ु

उनले नाका बन्द हुँदा सयौंले रोजगारी गुमाएको, मुलुकले ठूलो परिमाणको राजस्व गुमाएको र नाका क्षेत्रका व्यापारी तथा व्यवसायी समेत पलायन भएको अवस्थामा अब भने सकारात्मक संकेत देखा परेको उल्लेख गरे। नेता सापकोटाले अरनिको राजमार्गको विस्तार तथा मर्मत सम्भारमा ध्यान दिन सरकारलाई आग्रह गरे। रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको