Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाईड्रोको ५ करोड ५० लाखको आइपीओ आउँदै

शुक्रबार, ०८ असार २०७५, १० : ०३ मा प्रकाशित

घलेम्दी हाईड्रोको ५ करोड ५० लाखको आइपीओ आउँदै

अर्थ संसार, काठमाडौं–घलेम्दी हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बुधबार बोर्डले कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

हाइड्रोले पहिलो चरणमा जलविद्युत् आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

भिवोर क्यापिटल लिमिटेडले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिममेवारी पाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको