Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको एफपिओ असार १५ देखि, एफपिओ र बजारको मूल्य उस्ताउस्तै

शुक्रबार, ०८ असार २०७५, १० : ०२ मा प्रकाशित

नेपाल बैंकको एफपिओ असार १५ देखि, एफपिओ र बजारको मूल्य  उस्ताउस्तै

अर्थ संसार, काठमाडौं– आम लगानीकर्ताको चर्चामा रहेको नेपाल बैंक लिमिटडेको थप सेयर  (एफपिओ) असार १५ गतेदेखि निश्कासहन हुँदैछ ।

प्रतिकित्ता २८० रुपैयाँमा एफपिओ निश्कानस गर्न लागि रहेको नेपाल बैंकको  सेयर मूल्य अहिले बजारमा २९९ रुपैयाँमा छ ।  यो समाचार तयार पर्दासम्म जम्मा १९ रुपैयाँको अन्तर देखिन्छ । दोस्रो बजारमा यस बैंकको  सेयर मूल्य घट्ने क्रम जारी छ । एफपिओ निश्कासन गर्ने अझ बैंकले ८ दिन कुर्नुपर्ने छ । तर, यो ८ दिनमा एफपिओ कै मूल्यमा  दोस्रो बजार मूल्य आउने देखिन्छ ।

एफपिओ आवेदनको समय असार १५देखि छिटोमा १९, ढिलोमा साउन १३ सम्म

बैंकले निश्कासन गर्ने १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ  छिटोमा असार १९ र ढिलोमा साउन १३ गतेसम्म विक्री खुल्ला गर्ने भएको छ ।

बैंकले नेपाल सरकारको हिस्सा ५१ प्रतिशत  र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।  एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।

 कति दिने आवेदन ?

अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बिक्री खुला गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानुनी सिमाभित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

 एफपीओ निष्कासन भएको पहिलो दिनदेखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । बैंकले एफपिओ निष्कासनकालागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई  नियक्त गरिसकेको छ । लगानीकर्ताले नजिकको बैंकबाट सी–आस्वा, मेरो सेयरको माध्यमबाट सेयर भर्न सक्नेछन् ।  

के भन्छ १ महिनाको चार्टले ?

 बैंकको दोस्रो बजारको चार्टलाई हेर्दा बजार विस्तारै ओरालो लाग्दै आएको देखिन्छ । जेठ ६ गते प्रतिकित्ता ३५२ रुपैयाँमा कारोबार भएको यस बैंकको सेयर असार ७ गतेसम्म आइपुग्दा विस्तारै ओरालो लागेर प्रतिकित्ता २९९ रुपैयामा आइपुगेको  देखिछ । एफिओ निश्कासन हुने मितिसम्म बैंकको मूल्य २८० नजिक नै आउने अनुमान लगानीकर्ताले गरेका छन् । अब लगानीकर्ताले भन्न थालेका छन दोस्रो बजारकै मुल्यमा किन एफपिओ हाल्ने छ । विस्तारै मूल्य घटाएर दोस्रो बजारमा उठाउने दाउमा लगानीकर्ता व्यवसायी देखिन्छ ।

5b2b531b4aabc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको