Like us!
Follow us!
Connect us!
Watch us!

रैराङको सेयर कारोबार सुरु, ९९०० किलोवाट क्षमताको इवाखोला जलविद्युत आयोजना अन्तिम चरणमा

विहीबार, ०७ असार २०७५, ११ : ३८ मा प्रकाशित

रैराङको सेयर कारोबार सुरु, ९९०० किलोवाट क्षमताको इवाखोला जलविद्युत आयोजना अन्तिम चरणमा

अर्थ संसार, काठमाडौं– काठमाडौं – रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार सुरु भएको छ । 

कम्पनीले पहिलो कारोबारका लागि  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९८ रुपैयाँ ४२ पैसादेखि २९५ रुपैयाँ २३ पैसा सम्मको रेन्ज  दिइएको छ ।  कम्पनीको RRHP संकेतबाट कारोबार हुनेछ ।
 
रैराङले वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कुल ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यो सेयरजेठ ३० गते  नेप्सेमा सूचीकृत भएको थियो ।  आइपीओ बिक्री गरी कम्पनीले चुक्ता पुँजी ५६ करोड रुपैयाँ पुर्याएको छ ।

कम्पनीले सर्वसाधारण समक्षएन.आई.बि.एल. एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं मार्फत आयोजनाप्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५,६०,००० कित्ता सेयर खुल्ला विक्री आव्हान गरी २०७४ श्रावण ६ गते वाँडफाँट गरेको थियो  ।

यस कम्पनीको सेयर रजिष्टारको रुपमाकार्यगर्न भिवोर क्यापिटल लिमिटेडसँग सम्झौताभएको छ । सेयर सम्बन्धीकारोवार सोही क्यापिटल मार्फत  हुनेछ ।यस कम्पनीको सेयर सूचिकरण पश्चात् जलविद्युत समुह अन्तर्गत सूचिकृत कम्पनीहरुको संख्या १९ तथाकुल सूचिकृत कम्पनीहरुको संख्या १९७ पुगेको छ ।

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले धादिंग जिल्लामा ५०० किलोवाट क्षमताको रैराङ खोला जलविद्युत आयोजना निर्माण गरि सञ्चालन गरिरहेको छ भने पाँचथर तथा ताप्लेजुंग जिल्लाहरुको सीमानाभई बहने इवाखोलामा ९९०० किलोवाट क्षमताको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको र आयोजना निर्माण कार्य सम्पन्न हुने अवस्थामा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको