Like us!
Follow us!
Connect us!
Watch us!

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडद्धारा कारोवार शुभारम्भ

बुधबार, ०६ असार २०७५, १८ : ४३ मा प्रकाशित

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडद्धारा कारोवार शुभारम्भ

अर्थ संसार, काठमाडौं– नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बुधबारदेखि आफ्नो उपस्थिति जनाएको छ ।

कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृतिप्राप्त गरे पश्चात्  (आज)  असार ६ गते बुधबारबाट कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं हात्तिसारबाट एक औपचारिक कार्यक्रमकाबी चयस कम्पनीका अध्यक्ष  कुनाल क्यालबाट कार्यालय उद्घाटन पश्चात् सेवा शुभारम्भ गरेको छ ।

कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने यस कम्पनिको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्थातथा प्रतिष्ठित व्यापारिक घरानासमेतकोलगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा सेयर समेत जारी गर्ने योजना रहेको छ ।

अनुभवी एवं दक्ष उच्च व्यवस्थापन रहेको यस कम्पनीमा महाप्रबन्धकको रुपमा एस के तमोट रहेका छन ।
आगामी दिनबाट नै समस्त नेपालीका लागी बीमाको नयाँ नया ँप्याकेज लिएर देशैभर शाखा सञ्जालमार्फत आफ्नो दरिलो उपस्थिति जनाउने तयारीमा जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड रहेको छ ।

5b2a51590c967.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको