Like us!
Follow us!
Connect us!
Watch us!

यसरी बन्दैछ ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी आयोजन

विहीबार, ०७ असार २०७५, ११ : ०० मा प्रकाशित

यसरी बन्दैछ  ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी आयोजन

केपी ओलीलाई साक्षी राखेर सिद्धकाली र चिनियाँ कम्पनी दोंगफांग इलेक्ट्रिक बिच सम्झौता, यसरी बन्दैछ  ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी आयोजन

अर्थ संसार, काठमाडौं– सिद्घकाली पावर कम्पनी लिमिटेड र दोंगफांग इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेसन बिच ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी आयोजना निर्माण गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

सो आयोजना इन्जिनियरिङ, परक्रयूरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स  मोडलमा निर्माण हुने गरी बुधरबार चीनको राजधानी बेइजिङमा सम्झौता भएको छ ।

सिद्घकाली पावर कम्पनी लिमिटेड र दोंगफांग इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेसनबीच आज असार ६ गते बेजिङस्थित नेपाल दुताबासमा प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा उक्त सम्झौता भएको हो ।

कूल ७५ मेगावाट क्षमताको सो आयोजना आगामी असोजदेखि निर्माण सुरु गरिने भएको छ ।नेपालमा यस्तो मोडलमा वित्तिय श्रोत समेत चिनिया कम्पनीहरुले लगानी गरि आयोजना निर्माण गरि हस्तान्तरण गरिनेछ ।

 उक्त चिनिया कम्पनीको लगानी आयोजना निर्माण भई संचालनमा आएको १ बर्ष पश्चात चुक्ता गर्ने जिम्मेवारी सिद्घकाली पावर कम्पनी लिमिटेडको रहनेछ ।

सिद्घकाली पावर कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोंगफांग इलेक्ट्रिक इनटरनेशनल कर्पोरेसनका तर्फबाट कम्पनीका उपाध्यक्ष  चेन च्यान ले सयुक्त हस्ताक्षर गर्नुभयो ।

आयोजनाको बाँधस्थल नुवाकोट जिल्लाको रातमाटेमा र आयोजनाको विद्युत गृह धादिङ जिल्लाको मास्टारमा रहनेछ ।

आयोजनाको निर्माण कार्य यो सम्मmौता अघि नै शुरु गरिएको र सम्झौता  भए पश्चात चिनिया लगानी एवं प्रविधिबाट यो आयोजना निर्माण भई समयमा सम्पन्न गर्न कूनै समस्या हुने छैन ।

 आयोजनाको स्वदेशि लगानीको जिम्मेवारी आयोजनाको अगुवा बैंक लक्ष्मी बैंक लिमिटेडको नेतृत्वमा हुने भएको छ ।

आयोजनाको सिभिलको कार्य चिनको बहुचर्चित चाइना रेलवे ब्यूरो २ ले गर्ने र इलेक्ट्रोमेकानिकलको कार्य दोंगफांग इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेसने गर्नेछ ।

आयोजनाको निर्माण कार्य आगामी असोज २०७५ बाट शुरु गरि तिन बर्ष ६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखएिको छ ।

लामो अनुभव भएका कम्पनीहरुले आयोजना निर्माण गर्ने भएकोले आयोजनामा रहेको ८ किलोमिटर सूरुंग निर्माणमा कुनै समस्या र चुनौति नहुने चिनिया कम्पनीहरुले बताए ।

स्मरण रहोस् चाइना रेलवे ब्यूरो २ ले भेरी बबई आयोजनामा टि.बि.एम को प्रयोगले ऐतिहासिक रुपमा कार्य गरिरहको छ ।

आयोजना निर्माण पश्चात देशको लोडसेडिंगमा थप न्यूनिकरण हुने दावी कम्पनीको छ ।कम्पनीको निकट भविष्यमानै स्थानिय र सर्वसाधरणलाई शेयर जारी गर्ने जनाएको छ ।

सिद्घकाली पावर कम्पनी लिमिटेडमा अपि पावर कम्पनी लिमिटेड ले १ बराबर २ को हकप्रद जारि गरि रु १.१३ अर्ब लगानी गर्नेछ । सो हकप्रदको कार्य यो सम्झौता पश्चात टुङगिने कम्पनीले जनाएको छ । नेपालका लागि यस्तो मोडलमा जलविद्युत आयोजनाहरु बन्न सक्छन् भन्ने उदाहरण यो आयोजनाको निमार्णले पुष्टि हुन्छ । देशको विकास र निर्माणमा यो मोडल अनुकरणिय हुने विश्वास समेत लिन सकिन्छ ।

5b2a4c446d61b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको