Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुपाल्चोकमा किन भएन पुनः निर्माण

मंगलबार, ०५ असार २०७५, ११ : १० मा प्रकाशित

सिन्धुपाल्चोकमा किन भएन पुनः निर्माण


अर्थ संसार, काठमाडौं- गोरखा भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा १० प्रतिशत पीडितले अझै आवास निर्माण गर्न सकेका छैनन् ।

कामदारको अभाव, निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि र गुनासोमा परेका पीडितको निर्णय भई आउन समय लागेको छ ।  जिल्लामा भूकम्प पीडित लाभग्राही सूचीमा ७८ हजार ५३७ परिवार थिए । गुनासोमा दर्ता भएर निर्णय भइसकेका समेत ८५ हजार ४६३ लाभग्राहीसँग आवास निर्माणको सम्झौता भइसकेको छ ।

अझै पनि गुनासोमा निवेदन आइरहेकाले लाभग्राहीको संख्या बढ्न सक्ने जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यान्वयन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख इञ्जिनीयर माधवजङ्ग कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार भूकम्पबाट जमीन चिरा परेका र  पहिराको उच्च जोखिममा परेका ६९३ परिवारमध्ये १२८ परिवारलाई उपयुक्त स्थानमा जग्गा खरीद गरी जगाधनी पूर्जा प्रदान गरिसकेको छ ।  अन्य ५६५ परिवारको भने अझै टुंगो लगाउन बाँकी रहेको प्रमुख कार्कीले बताउनुभयो ।

जिल्लामा हालसम्म दोस्रो किस्ताका लागि ७० हजार ९१२ र तेस्रो किस्ताका लागि ३० हजार २९० परिवारको सिफारिश गरिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनीयर टंक गौतमले जानकारी दिनुभयो ।

हाँका अनुसार कुल लाभग्राहीमध्ये ९७.९० प्रतिशतले सम्झौता गरिसकेका छन् । त्यसैगरी दोस्रो किस्ता ८६ प्रतिशत र तेस्रो किस्ता ३७ प्रतिशतले मात्र गरेका छन् । दोस्रो किस्ताका लागि यही असार मसान्त र तेस्रो किस्ताका लागि आगामी पुस मसान्तभित्र सिफारिश गरिसक्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको