Like us!
Follow us!
Connect us!
Watch us!

बिकेन एनएमबि बैंकको एफपिओ, जानीजानी पैसा किन डुवाउने ?-लगानीकर्ता

सोमबार, ०४ असार २०७५, १७ : ३३ मा प्रकाशित

बिकेन एनएमबि बैंकको एफपिओ, जानीजानी पैसा किन डुवाउने ?-लगानीकर्ता

अर्थ संसार, काठमाडौं– एनएमबि बैंकले तामझामको साथ निष्काशन गरेको थप सेयर (एफपिओ) मा लगानीकर्ताको आकर्षण देखिएको छैन । जसले गर्दा निष्काशन गरेको ५ दिनसम्म जम्मा ४७.३५ प्रतिशत मात्र आवेदन परेको छ ।

५२.६५ प्रतिशत एफपिओ विक्री हुन बाँकी रहेको छ । सर्वसाधारण लगानीकर्ता आवेदन नगरेपछि  नविकेको एफपिओ बैंकले सस्थागत लगानीकर्तालाई भिराउन खोजेको छ ।

(आज) सोमबारदेखि संस्थागत लगानीकर्ता जस्तैः  सामूहिक लगानी कोष, विभिन्न इन्भेष्टमेन्ट कम्पनी, र बीमा कम्पनीको लागि एफपिओ  विक्री खुल्ला गरेको सेयर निष्काशन तथा विक्रीप्रबन्धक नागरिक लगानी काषले  अर्थ संसार डट कमलाई जानकारी दिएको छ ।  

‘एफपिओको र दोस्रो बजारम मूल्य उस्तै छ, कसलाई पैसा धेरै भएको छ र ? एफिओमा हाल्न’ लगानीकर्ता रामहरी श्रेष्ठ भन्छन–‘आवेदन दिने लगानीकर्ता त डुवेहाले, एनएमबी बैंकको एफपिओमा लगानी गर्नु भनेको बालुवामा पानी हाले जस्तै हो ।’

 लगानी कोषको अनुसार असार ३ गते बेलुकासम्म १ अर्ब ८० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । ५३ हजार बढी आवेदकबाट ५४ लाख ०५ हजार कित्ता सेयर माग भएको छ ।

कोषले उपलब्ध गराएको तथ्याङ्क अनुसार निष्काशित एफपिओको ४७.३५ प्रतिशत मात्र विक्री भएको देखिन्छ । बैंकले १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँ दरको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको हो । एफपिओ नविकेपछि  आवेदन असार २८ गतेसम्मको लागि आवेदन खुल्ला गरिएको छ ।

‘एफपिओको र दोस्रो बजारम मूल्य उस्तै छ, कसलाई पैसा धेरै भएको छ र ? एफिओमा हाल्न’ लगानीकर्ता रामहरी श्रेष्ठ भन्छन–‘आवेदन दिने लगानीकर्ता त डुवेहाले, एनएमबी बैंकको एफपिओमा लगानी गर्नु भनेको बालुवामा पानी हाले जस्तै हो ।’

आज (सोमबार) एनएमवि बैंकको दोस्रो सेयर बजारमा प्रतिकित्ता ३५० रुपैयाँमा विक्री भएको छ । जुन एफपिओ भन्दा १७ रुपैयाँ बढी हो ।

रामहरी जस्तै अर्का लगानीकर्ता  सरोज भट्टराई तर्क पनि उस्तै छ – ‘ एफपिओमा किन पैसा हाल्ने, केही दिनपछि दोस्रो बजारमा त्यो भन्दा सस्तो मूल्यमा एनएमवि बैंकको सेयर किन्न पाइन्छ  ।’  एनएमबी बैंकको एफपिओमा यी माथिको लगानीकर्ताको भनाई जस्तै आम लगानीकर्ताको भनाई छ ।

जसले गर्दा तोकिएको एफपिओ विक्ने छाँटकाँट देखिन्न ।  आज (सोमबार) एनएमवि बैंकको दोस्रो सेयर बजारमा प्रतिकित्ता ३५० रुपैयाँमा विक्री भएको छ । जुन एफपिओ भन्दा १७ रुपैयाँ बढी हो । यस बैंकको सेयर विस्तारै घटेर एफपिओको मुल्य ३३३ रुपैयाँ भन्दा तल आउने  बजारले देखाउँछ ।

अब भन्नुस यस बैंकको एफपिओ हालेर तपाईले कति नाफा कमाउनु हुन्छ वा कति घाटा खानु हुन्छ । लगानीकर्ताले आफै बुझ्ने कुरो हो  । एफपिओको सेयर सूचिकृत भएपछि स्वत सेयर मूल्य घट्छ । किन कि बजारमा सेयर संख्या बढ्नु भनेको सेयर मुल्य घट्नु हो ।

अहिलेको बजारलाई हेर्दा दोस्रो बजारमा यस बैंकको सेयर मूल्य निरन्तर घट्ने देखिन्छ । लगानीकर्ताले नाफा कामाउन लगानी गर्ने हो ? घाटा खान होइन ?  एफपिओ नगरी केही दिन कुरेर ह्वात्तै घटेको बेला बजार सेयर उठाउने लगानीकर्ताको दाउ छ ।

बैंकको प्रति सेयर आम्दानी हालसम्म मात्रै रु २९ रहेको छ ।  मूल्य आम्दानी अनुपात १५.२९ मात्रै रहेको छ ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन गर्न सकिने बैंकको सेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

बैंकले संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बिक्री गर्न लागेको जनाएको छ ।  एफपिओबाट बैंकले रु २ अर्ब ६५ करोड  प्रिमियम संकलन गर्नेछ भने रु एक अर्ब १४ करोड १५ लाख चुक्ता पूँजी थपिनेछ ।

तर सो बैंकको एफपिओमा लगानी गर्नु अघि लगानीकर्ताले एक पटक विचार गर्दा राम्रो हुने देखिन्छ । अन्यथा लगानीकर्ता बुटवल पावरमा जसरी नै डुब्ने छन् भन्दा फरक पर्दैन ।बैंकको प्रति सेयर आम्दानी हालसम्म मात्रै रु २९ रहेको छ ।  मूल्य आम्दानी अनुपात १५.२९ मात्रै रहेको छ ।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको