Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डबाट नेपाल बैंकले एफपिओ निष्कासन अनुमति पायो, प्रतिकित्ता २८० रुपैयाँमा विक्ला त ?

सोमबार, ०४ असार २०७५, ०५ : १३ मा प्रकाशित

धितोपत्र बोर्डबाट नेपाल बैंकले एफपिओ निष्कासन अनुमति पायो, प्रतिकित्ता २८० रुपैयाँमा विक्ला त ?

अर्थ संसार, काठमाडौं–   नेपाल बैंकलाई नेपाल धितोपत्र बोर्डले थप सेयर (एफपिओ ) निष्कासनका लागि अनुमति दिएको छ ।

बैंकले आधार मुल्य९फेसभ्यालु० प्रतिकित्ता १ सय रुपैयाँमा १ सय ८० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २ सय ८० रुपैयाँमा एफपिओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ ।

बैंकले ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ बराबरका १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपिओ निष्कासनका लागि बोर्डबाट अनुमति पाएको हो ।  बैंकले एफपिओ निष्कासनकालागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई यस अघिनै नियुक्त गरिसकेको छ।

आइतबारको मार्केट

बैंकको सेयर मूल्य गत आइतबार दोस्रो बजारमा प्रतिकित्ता ३ सयमा  रुपैयाँमा झरेको छ । जुन दोस्रो बजार मूल्य भन्दा एफपिओको प्रतिकित्ता मूल्य ३० रुपैयाँको अन्तर छ । एफपिओ निश्कासनको मितिसम्म दोस्रो बजारमा मूल्य घटेर प्रतिकित्ता २८० भन्दा तल आउने देखिन्छ ।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ जसमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर  स्वामित्व छ ।एफपिओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशतमा आउने छ ।

एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ । प्रिमियममा आएको रकम जगेडा कोषमा बस्ने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको