Like us!
Follow us!
Connect us!
Watch us!

मोटर साईकल दुर्घटनामा २ जनाको मृत्यु

आइतबार, ०३ असार २०७५, ०८ : ५९ मा प्रकाशित

मोटर साईकल दुर्घटनामा २ जनाको मृत्यु

अर्थ संसार, चितवन- मुग्लिन नारयणघाट सडक खण्डको तिन नम्वर पुलमा आज भएको मोटर साईल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

मुग्लिनबाट नारायणघाट तर्फ जाँदै गरेको बा ६२ प३५०४ नम्वरको मोटर साईकल सडकबाट करिव एक सय पचास मिटर तल खोलाको किनारामा खस्दा सो दुर्घटनामा भएको हो ।

मृतकहरुको सनाखत भई नसकेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मोटर साईकल अनियन्त्रीत भई बारमा धसारीदै खोलामा खसेको प्ररम्भीक अनुसन्धानले देखाएको छ । भने के कारणले दुर्घटना भएको हो भन्ने बारेमा थप अनुसन्धान भई रहेको मुग्लिन प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको