Like us!
Follow us!
Connect us!
Watch us!

७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर

शनिबार, ०२ असार २०७५, १८ : ३३ मा प्रकाशित

७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर

उद्योगी ब्यापारीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले गत जेठ २८ गते आयोजना भएको गरेको पोष्ट बजेट छलफल कार्यक्रममा प्रमुख अतिथि डा. युवराज खतिवडा र बिशेष अतिथिका रुपमा राजस्व सचिव शिशिर कुमार ढुंगाना हुनुहुन्थ्यो ।

कार्यक्रममा देशकै प्रतिष्ठित उद्योगपति, व्यापारी, एशोसियट र बस्तुगत क्षेत्रका प्रतिनिधिको पनि बाक्लो उपस्थिति रहेको थियो ।

बजेट पछिको सो अर्न्तकृयामा ३०- ३५ जना उद्योगी व्यवसायीहरुले आफ्नो आफ्नो क्षेत्रका प्रश्न र सुझाव राखेका थिए । सो कार्यक्रममा लगानीकर्ताका तीनवटै संघ, संस्थाका प्रतिनिधित्व गर्दै मैले पूँजी बजारको अहिलेको जल्दोबल्दो समस्या माथि ध्यान आकर्षण गराएको थिँए ।

पूँजीगत लाभकर ५ बाट बढाएर ७.५ प्रतिशत पु-याएको अवस्था एकातिर थियो भने अर्कातिर लगानीकर्तालाई बज्रपात हुने गरी पूँजी बजारले थेग्नै नसक्ने गरी बोनस र हकप्रद सेयरको मूल्य रु १०० कायम गरी त्यो भन्दा माथिको मूल्यमा बिक्री गर्दा त्यसलाई नाफा मानेर ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको अवस्था थियो ।

कार्यक्रममा सबै सहभागीको प्रश्नको उत्तर दिनेक्रममा राजस्व सचिव शिशिर ढुंगानाले ७.५ प्रतिशतको पूँजीगत लाभकर अन्तिम कर हो, हामी चाँडै कार्यबिधि बनाउँछौं । यस्तो सकारात्मक कुरा छ, सबैलाई सेयर गर्नुहोस भन्नुभयो ।

उहाँले बोनस र हकप्रदको बेसरेट कायम गर्ने कुरामा एउटा समिति बनाएर छलफलबाटै समाधानमा पुगाैंला भनेर आश्वस्त समेत पार्नुभयो । अर्थमन्त्रालयमा हामी डेलिगेशन जाँदा पनि राजश्व सचिव ढुंगानाले ७.५ प्रतिशतको लाभांश करलाई अन्तिम कर हो भनेर भन्नु भएकै हो ।

तर उहाँको यो भनाईलाई हामीले कहिले पनि प्रचार-प्रसार गरेनौं । किनभने अर्थमन्त्रीको उपस्थितिमा राजस्व सचिवले देशभरका उद्योगी व्यवसायी र मिडियाहरुको अगाडि ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हो भनेर सार्वजनिक कार्यक्रम मै बोलेपछि सबै सामु छलङ्गै हुने नै भयो । नरेश प्रसाद पटेलको फेसबुकबाट साभार

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको