Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप : १ गोलले उरुग्वे विजयी

शुक्रबार, ०१ असार २०७५, २० : २१ मा प्रकाशित

विश्वकप : १ गोलले उरुग्वे विजयी

अर्थ संसार, मस्को – समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले पराजित गरेको छ ।उरुग्वेको जितमा डिफेन्डर जोसे गिमिनेजले गोल गरे ।

खेलभरी निकै रक्षात्मक खेल पस्केको इजिप्ट इन्जुरी समयको पहिलो मिनेटमा गोल खान पुग्यो । कार्लोस सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेका हुन् ।

इजिप्टका लागि उसका गोलकिपर एल-सेनावीले शानदार प्रदर्शन गरेका थिए । उनले खेलको दोस्रो हाफमा लुइस स्वारेज र एडिन्सन काभानीका दुई राम्रो प्रहारको शानदार बचाऊ गरेका थिए । इजिप्टका लागि उनका चोटिल रहेका फरवार्ड मोहम्मद सलाह भने खेलमा सहभागी थिएनन् । यस जितसंगै उरुग्वेले समूह ‘ए’मा ३ अंक जोड्न सफल भएको छ । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको