Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी र सेन्चुरी बैंकमा ज्योति रेमिट सेवा

शुक्रबार, ०१ असार २०७५, १७ : १८ मा प्रकाशित

एनआइसी र सेन्चुरी बैंकमा ज्योति रेमिट सेवा

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक  लिमिटेडले एनआइसी एसिया बैंक लिमिटर र सेन्चुरी बैंक लिमिटेडसँग ज्योति रेमिट सेवा सञ्चालन गर्ने सम्बन्धमा  सम्झौता गरेको छ ।

सम्झौता पश्चात एनआइसी एसिया र सेन्चुरी बैंकका  सबै शाखाबाट ज्योति रेमिटमार्फत रकम पठाउन र भक्तानी गर्न सकिने छ । ज्योति बिकास बैँक र  एनआइसी एसिया  बैँक बीच हालै सम्झौता भएको हो ।

सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमूख ी बलदेव थापा र एनआइसी एसिया  बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर जयन्द्र रावलले हस्ताक्षर गरे ।

सम्झौता पश्चात एनआइसी एसिया बैंकका देशभर सञ्चालनमा रहेका २३३ वटा शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन , भूक्तानी गर्न , खातामा जम्मा गर्न सकिने छ भने ज्योति विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५५ वटा शाखा कार्यालयबाट एनआइसी एसिया रेमिटमार्फत सेवा उपलब्ध हुदै आएको छ ।

त्यस्तै ज्योति विकास बैंक सेन्चुरी बैंकबीच पनि “ज्योति रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । ज्योति विकास बैंक लिमिटेडको तर्फबाट संचालन विभाग प्रमूख बलदेव थापा  र सेन्चुरी बैंक लिमिटेडको तर्फबाट  प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात सेन्चुरी बैँकका सम्पुर्ण शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको