Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपमा आज तीन खेल, कसको प्रतिद्धन्द्धी को ?

शुक्रबार, ०१ असार २०७५, १० : २८ मा प्रकाशित

विश्वकपमा आज तीन खेल, कसको प्रतिद्धन्द्धी को ?

 अर्थ संसार, काठमाडौं–  विश्वकप २०१८ को  खेत अन्तरगत आज तीन खेल हुँदैछ ।  जसमा  पोर्चुगलविरुद्ध स्पेन,  मोरक्कोविरुद्ध इरान र इजिप्टविरुद्ध उरुग्वे मैदानमा उत्रिदैछन् ।

१ असार, २०७५

बेलुका ५ः४५ – इजिप्टविरुद्ध उरुग्वे, पहिलो समूह
राति ८ः४५ – मोरक्कोविरुद्ध इरान, दोस्रो समूह
राति ११ः४५ – पोर्चुगलविरुद्ध स्पेन, दोस्रो समूह

पोर्चुगलविरुद्ध स्पेन

सन् २०१२ को युरोपियन च्याम्पियनशिपअन्तर्गतको खेलमा आमनेसामने भएका पोर्चुगल र स्पेन आज राति ११ः४५ बजे ६ वर्षपछि आपसमा भिड्दै छन् । हालसम्म यी दुईबीच भएको ३५ भिडन्तमा पोर्चुगलमाथि स्पेन हावी भएको देखिन्छ । ३५ खेलमा स्पेनले १७ पटक जितेको छ भने पोर्चुगलले ६ पटकमात्र जितेको छ । यस्तै १२ पटक यी दुईले बराबरी खेलेका छन् । ३५ खेलमा पोर्चुगलविरुद्ध स्पेनले कुल ७० गोल गरेको छ भने स्पेनविरुद्ध पोर्चुगलले ४१ गोल गरेको छ । विश्वकपमा यसअघि पाँचपटक आमनेसामने हुँदा पोर्चुगलले एउटा खेल बराबरी गरेको छ भने चारओटा खेल गुमाएको छ ।

 इजिप्टविरुद्ध उरुग्वे

दुईपटकको विश्वविजेता उरुग्वे र इजिप्टबीच आज साँझ ५ः४५ बजे भिडन्त हुँदै छ । विश्वकपका लागि यी दुई टीमको यो पहिलो भेट हो भने अन्तरराष्ट्रिय खेलमा दोस्रो भिडन्त हो । यसअघि सन् २००६ मा इण्टरनेशनल फ्रेण्डली म्याचमा यी दुई टीमको भेट भएको थियो । जसमा उरुग्वेले इजिप्टलाई उसको घरेलु मैदानमा २–० ले पराजित गरेको थियो ।

फिफा वरीयतामा ४५औं स्थानमा रहेको इजिप्टले तेस्रोपटक विश्वकप खेल्दैगर्दा उपाधि दाबेदारको रूपमा रहेको उरुग्वेको सामना गर्न उसका लागि त्यति सहज छैन । यसपटक स्टार खेलाडी मोहम्मद सलाहकै कारण इजिप्ट राम्रो लयमा देखिएको छ ।

मोरक्कोविरुद्ध इरान

समूह ‘बी’का दुई टीम मोरक्को र इरान आज राति ८ः४५ बजे पहिलोपटक आपसमा भिड्दै छन् । यसकारण पनि यी दुई टीमका लागि यो खेल ऐतिहासिक, महत्वपूर्ण र प्रतिस्पर्धात्मक हुने देखिन्छ । फिफा वरीयतामा ४१औं स्थानमा रहेको मोरक्को र ३७औं स्थानमा रहेको इरान पहिलोपटक एकअर्काविरुद्ध जित दर्ता गर्न प्रयासरत रहनेछन् ।

तुलनात्मक रूपमा समान स्तरका दुवै टीमले विगतका विश्वकपमा सहभागी भएका समान ४ खेलमा खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । मोरक्कोले अन्तिम १६ सम्मको यात्रा तय गरेको छ भने इरान समूह चरणबाट माथि जान सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको